भूकम्प प्रभावितका लागि पोखरा महानगरको ५० लाख सहयोग

पाेखरा | कात्तिक १८, २०८०

भूकम्प प्रभावितका लागि पोखरा महानगरको ५० लाख सहयोग

पोखरा:   गएराति जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । पोखरा महानगरपालिकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० लाख सहयोग गर्ने भएको छ ।


मेयर धनराज आचार्यले ५० लाख सहयोगको घोषणा गरेका हुन् । जनप्रतिनिधिले भूकम्प प्रभावितका लागि एक महिनाको पारिश्रमिक पनि दिनेछन् ।


पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको आचार्यले बताए । थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद् कोषबाट खर्च बेहोरिने भएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्