सभामुख सवार साधनले बागलुङमा मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाईते

बाग्लुङ | कात्तिक १८, २०८०

सभामुख सवार साधनले बागलुङमा मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाईते फोटो: विष्णु काउचा मगर

बागलुङ:  कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार साधनले बागलुङमा मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएका छन् । 


शनिबार विहान बागलुङको भिमगिठेबाट बुर्तिबाङ तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ झ ००९३ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको ग ११ प १५७ नम्बरको मोटरसाईकललाई ढोरपाटन नगरपालिका–२ मल्कटिबाङ स्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा ठक्कर दिएको थियो । 


स्कर्पियोको ठक्करबाट मोटरसाईकल चालक निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्री बस्ने १ बर्षीय बिमल खत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान प्रकाश पौडेलले बताए । प्रहरी जवान पौडेलले घाईते खत्रीको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको जानकारी दिए ।


दुर्घटनामा स्कर्पियो र मोटरसाइकल दुवैमा क्षति पुगेपनि स्कर्पियोमा सवार सभामुख र उपसभामुख सहित मोटरसाइकलमा सवार अन्य एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्