भूकम्प अपडेट: १३८ जनाको मृत्यु, १६६ घाइते

थप उपचारका लागि ७ जनालाई काठमाडौं ल्याइदै

काठमाडाैं | कात्तिक १८, २०८०

भूकम्प अपडेट: १३८ जनाको मृत्यु, १६६ घाइते

काठमाडौं:   शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३८ पुगेको छ ।  

 

नेपाली प्रहरीले दिउँसो २ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । 


जसमा जाजरकोटमा भूकम्पबाट १०० जनाको निधन भएको छ भने ८१ जना घाइते भएका छन् ।

 

यसैगरी,  रूकुम पश्चिममा ३८ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । 

 

घाइते मध्ये ७ जनालाई थप उपचारका लागि नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं ल्याइन लागेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ जना प्रहरी प्ररिचालित गरेको जनाएको छ । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्