गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असई ढुंगानाको लेक लागेर मृत्यु
पाेखरा | कात्तिक १५, २०८०
पोखरा: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका घान्द्रुक चौकीका इन्चार्ज ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरे...
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

