एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने
काठमाडाैं | कात्तिक १५, २०८०
एभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने पाइएको छ । पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित अध्ययन प्रतिवेदनमा एभोकाडोको पात, फल, बीउ र बोक्रामा पर्सिन नामको हानिकारक पदार्थ हुने र त्यसले पशुहरुलाई हानि पुर्याउने भन्दै पशुहरुलाई नदिन भनिएको छ ।
पातमा सबैभन्दा बढी विषालु पदार्थ पाइन्छ । पर्सिनले गाईभैँसी, बाख्रा, घोडा, खरायो, कुकुर लगायतका पशु र चराहरुलाई पनि असर गर्ने प्रतिवेदनमा उल्लेख छ । एभोकाडोको घाँस खाँदा स्तनधारी जनावरहरुको स्तनग्रन्थीमा समस्या ल्याउनुको साथै कतिपयमा बाँझोपन देखिन्छ । यस्तै पशुहरुमा बान्ता र पखाला पनि लाग्न सक्छ ।
एभोकाडोमा पाइने पर्सिनका कारण समस्या भएपछि उपचारको लागि अहिलेसम्म कुनै व्यवस्था नरहेकोले लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ । अध्ययन प्रतिवेदनमा पशुहरुलाई एभोकाडोको घाँस तथा फल खुवाउँदा पशुहरुबाट हुने उत्पादन घट्नुको साथै पशु मर्ने सम्म सम्भावना रहेकोले घाास नखुवाउनु नै उपयुक्त हुने पनि प्रतिवेदनमा भनिएको छ ।
नेपालका ग्रामिण भेगमा समेत एभोकाडो रोप्ने क्रम बढ्दै गएको छ । एभोकाडोको घाँस बाख्रा लगायत पशु चौपायले मन पराउने किसानहरु बताउँछन् ।
म्याग्दी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

