ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

काठमाडाैं | कात्तिक २, २०८०

ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

पोखरा महानगरपालिका वडा नं।२२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं।२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पोखरा महानगरपालिका कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस् भन्नेमा चिन्तित छ, प्रमुख आचार्यले भन्नुभयो, महानगरपालिकाले कृषक दाजुभाइ दिदीबहिनीहरूको मिहिनेतले उत्पादित वस्तुको बजारीकरणका लागि समर्थन मूल्य समेत प्रदान गर्दैआइरहेको छ ।” कृषकहरूलाई प्रदान गरिने समर्थन मूल्यले उनीहरूलाई हौसला मिलेको उहाँले बताउनुभयो । 

 

महानगरपालिकाका दर्जनौँ स्थानहरूमा कृषि उपज सङ्कलन केन्द्रहरू स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै उहाँले गुणस्तरीय उत्पादनमा जोड दिनुभयो । महानगरपालिकामा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्नेगरि उत्पादनमा लाग्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । पोखरा काँक्रो लगायत कतिपय कृषिजन्य उत्पादनमा आत्मनिर्भर भैसकेको बताउँदै प्रमुख आचार्यले अव बिस्तारै अन्य तरकारी तथा मासुजन्य बस्तुहरूमा पनि आत्मनिर्भर हुने अवस्था सृजना गर्नुपर्ने बताउनुभयो । 

 

वडा नं।२२ का वडा अध्यक्ष हिमलाल बरालले वडालाई तरकारीको पकेट क्षेत्र घोषणा गरी लागु गरिएका कार्यक्रमहरू निकै प्रभावकारी भइरहेको बताउनुभयो । वडाको अधिकांश क्षेत्रमा तरकारी खेती गरिएको र व्यवसायी रूपमा खेती गर्ने कृषकहरूको सङ्ख्या समेत बढ्दै गइरहेको उहाँले बताउनुभयो । महानगरको अनुदान, प्रोत्साहन र लागत साझेदारी लगायतका कयौँ कृषक केन्द्रित कार्यक्रमहरूले यस प्रति कृषकहरूको आकर्षण बढिरहेको उहाँले बताउनुभयो । व्यवसायीकतामा जोड दिँदै उहाँले उत्पादन वृद्धि र गुणस्तरमा ध्यान दिन सुझाव दिनुभयो । 

 

आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाको अधिकांश क्षेत्र निकै उर्वर रहेको बताउनुभयो । कृषकहरूको मिहिनेत अनुसार प्रतिफल प्राप्त भइरहेको उल्लेख गर्दै उहाँले यसमा महानगरपालिकाको तर्फबाट आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराइएको बताउनुभयो । महानगरले हाल ३५ वटा कृषि उपजहरूको न्युनतन समर्थन मूल्य तोकिसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार यसले उत्पादन पश्चात् बजारीकरणका सन्दर्भमा कृषकहरूको चिन्तालाई दूर गरिदिएको छ । 

 

कृषकहरूको उत्पादनलाई सहज तथा सुरक्षित ढुवानीका लागि महानगरपालिकाको तर्फबाट चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषकहरूको खेतबारीमा पुगेर कृषि उपजको सङ्कलन तथा सुरक्षित ढुवानी कृषि एम्बुलेन्स मार्फत भइरहेको कडरियाले बताउनुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्