दशैंमा मौसम सफा रहने
काठमाडाैं | कात्तिक २, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए।
‘दसैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एकरदुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतस् मौसम राम्रो रहने देखिन्छ,’ उनले भने। महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दसैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागका एकरदुईस्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

