त्रिकोणात्मक सिरिज खेल्ने नेपालको टोली घोषणा

काठमाडाैं | असोज २९, २०८०

त्रिकोणात्मक सिरिज खेल्ने नेपालको टोली घोषणा तस्बिर फाइल

काठमाडौं:   घरेलु टोली नेपालले बुधबार देखी मुलपानी र टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ ।

 

नेपालको टोलीमा लोकेश बम र ललित नारायण राजवंशी टोलीमा फर्किएका छन् । लोकेश गतवर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध टि-२० आई खेलपछि पहिलो पटक परेका हुन् ।

 

ललित अघिल्लो महिना १९ औं एसियाली खेलकुदको लागि अभ्यासको क्रममा घाइते भएका छन् । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ब्यक्तिगत कारण नाम फिर्ता लिएको हुँदा उनी त्रिकोणात्मक सिरिजमा छैनन् । सन्दीप नहुँदा श्याम ढकाललाई टोलीमा मौका दिएको छ । 

 

नेपालले आफ्नो पहिलो खेल कार्तिक १ ९अक्टोबर १८० मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।कार्तिक ६९अक्टोबर २३० मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । पहिलो खेल दिउँसो १ बजे हुँदा अन्य खेल विहान ११ बजे सुरु हुनेछ ।

 

शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।​आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

काठमाडौं: आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।  ...

थप पढ्नुहोस्

पोखरा:  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्त...

थप पढ्नुहोस्

पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।  जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैय...

थप पढ्नुहोस्