लडेर घाइते भएका गोरखाका वृद्धको २० घन्टापछि उद्धार

काठमाडाैं | असोज ९, २०८०

लडेर घाइते भएका गोरखाका वृद्धको २० घन्टापछि उद्धार

लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्यो गाउँका वृद्ध छेन्वा दोर्जे लामाको उद्धार गरिएको छ।

 

सामाजिक सुरक्षा भत्ता लिन गएका लामा लडेर गम्भीर घाइते भएका थिए। लामालाई नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले जानकारी दिए।

 

गम्भीर घाइते लामालाई सोमबार नै उद्धार गर्न सांसद बजगाईले पहल गरेका थिए। तर चुमनुब्री निषेधित क्षेत्रभित्र पर्ने भएकोले हेलिकप्टर उडान अनुमति लिन ढिलाइ भएको थियो। घाइते लामालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी सोमबार बिहान करिब ११ बजेतिर लडेका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको छ।

 


सांसद बजगाईले निजी खर्चमा सेनाको हेलिकप्टरबाट लामाको उद्धार गरिएको बताए। बजगाई गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनले आफ्नो तलबभत्ता निर्वाचन क्षेत्रका जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए।

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्