वडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष

काठमाडाैं | बैशाख ३, २०७९

वडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष

कृष्णपुर नगरपालिकाले थारु समुदायको अगुवाइ गर्ने वडघर र भलमन्साको नगरस्तरीय समितिका लागि रु पाँच लाखको अक्षय कोष स्थापना गरेको छ । वडघर भलमन्सा समितिलाई संस्थागतरुपमा कार्य अगाडि बढाउनका लागि सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको हो ।

कोषको रकमको व्याजबाट वडघर भलमन्साले आयोजना गर्ने सामाजिक कार्यसँगै बैठक, छलफल, सांस्कृतिक समारोह, कलासंस्कृति जगेर्ना गर्ने कार्यमा सघाउ पु¥याउने नगर प्रमुख कर्णबहादुर हमालले बताउनुभयो । “सामाजिक र सांस्कृतिक समारोह आयोजना गर्न आवश्यक रकमको चाँजोपाँजो मिलाउनका लागि सहयोगी संस्था गुहार्नुपर्ने अवस्था रहेको थियो”, उहाँले भन्नुभयो, “यसै आर्थिक समस्यालाई मध्यजनगर गरी कोष स्थापना गरेका हौँ, यसबाट वडघर भलमन्सा लभान्वित हुने विश्वास लिएका छौँ ।”

थारु समुदायमा वडघरले गाउँको सामाजिक रीतितिथि मिलाउने कार्यसँगै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, वैवाहिक, धार्मिक कार्यमा सघाउ पु¥याउने गर्दछन् । अंशबण्डा, जग्गाको साँध सिमानाको विवाद मिलाउने कार्य वडघरले गर्दछन् । थारु समुदायमा वडघर र भलमन्साको स्थानलाई महत्वपूर्ण मानिन्छ । नगरपालिका क्षेत्रमा रहेका ७२ वडघर भलमन्सा समितिका कार्यलाई अगाडि बढाउनका लागि रु १० लाखका कुर्सी वितरण गरिएको छ । प्रत्येक समितिलाई १५ का दरले कुर्सी वितरण गरिएको हो ।

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैँक (एडिबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गर्नुभएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा...

थप पढ्नुहोस्

स्याङ्जाः   दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ ।   वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउ...

थप पढ्नुहोस्

पोखरा:  वडा प्रहरी कार्यालय बैदामले प्रहरीले गत ६ गते लेकसाइडमा ग १३ प ४०९ नम्बरको स्कुटरलाई गरेको ग १२ प ३३९७ नम्बरको स्कुटरले ठक्कर दिएर फरार रहेका युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ...

थप पढ्नुहोस्