निर्धारित मितिमै निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडाैं | बैशाख ३, २०७९

निर्धारित मितिमै निर्वाचन हुन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उहाँले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताउनुभएको हो । ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताउनुभयो । निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उहाँले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गर्नुभयो । निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिनुभयो ।

पोखरा:   पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।  सुवेदीले मुख्यमन्...

थप पढ्नुहोस्

गोरखा:   उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा...

थप पढ्नुहोस्

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसान्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । नगर प्रमुख सुरेश साह सोनार...

थप पढ्नुहोस्