दुई केजी गाँजासहित राजन प्रकाउ
पाेखरा | असोज ५, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजन विकलाई प्रकाउ गरेको छ ।
पोखरा ३० पावरहाउस ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा २१ कृष्ती स्थायी घर भई पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजनलाई दुई केजी १ सय ७० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।

प्रकाउ परेका राजनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ८ दिनको म्याद तप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...
म्याग्दी: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ...
ढोरपाटन: दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत...

