गण्डकी प्रदेश सांसदले अब सुनको लोगो लगाउने
पाेखरा | असोज ४, २०८०

पाेखरा: गण्डकी प्रदेशसभाका सांसदहरुलाई प्रदेश सभाबाट स्वीकृत नियमावलीनुसार नयाँ लोगो दिइने भएको छ ।
अब प्रयोगमा आउने लोगोमा सुन र चाँदी प्रयोग हुनेछ । नियमावलीको अनुसूची ८ मा सांसदले लगाउने प्रतीक चिन्ह (लोगो)का विषयमा स्पष्ट किटान गरिएको छ ।
यसअघि प्रदेश सरकारले सार्वजनिक आव्हानमार्फत लोगोको डिजाइन मागेको थियो । २५ हजार रुपैयाँ पुरस्कार राशीसहित गरिएको आव्हानमा प्रदेश सभाकै कर्मचारीद्वारा डिजाइन गरिएको लोगो छनौट भएपछि त्यसैमा सुन र चाँदीको प्रयोग हुने भएको छ ।
लोगोसम्बन्धी आवश्यक तयारी गर्न प्रदेशसभा नियमावली मस्यौदा समितिका सभापति विन्दुकुमार थापा रहेका छन् भने सदस्य सुधिरकुमार पौडेलको संयोजकत्वमा उपसमिति बनाइएको छ ।
उपसमितिका अनुसार डिजाइन गरिएको नयाँ लोगोमा देखिने सेतो भाग चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ । स्मरणीय छ, सुरुवाति चरणमा सांसदहरुले १ सय ९५ रुपैयाँ पर्ने प्लाष्टिकको लोगो लगाएका थिए ।
लोगोमा माछापुच्छ्रेलाई सुनौलो र माथिको भाग निलो एवं हिमाल तल सेतो रंग रहेको छ । गण्डक प्रदेशको क्षेत्रलाई खरानी रंग दिइएको छ । सेतो भागमा चाँदी र पहेंलो भागमा सुनको प्रयोग हुनेछ ।
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...