शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै, काठमाण्डाैकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडाैं | असोज ४, २०८०
काठमाण्डौ: काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् ।
माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन गर्दै गएका शिक्षकहरूले नयाँ बानेश्वरको प्रहरी घेरा तोड्ने प्रयास गरिरहेका हुन् । प्रहरी र शिक्षकबीच धकेलाधकेलसमेत भएको छ । आन्दोलनलाई मर्यादिन बनाउन भन्दै ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शिक्षकहरूले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध हिजो बुधवारदेखि नै देशभरको विद्यालय बन्द गरेर काठमाण्डौमा विरोध प्रदर्शन गरिरहेका छन् । देशभरबाट एक लाखभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी भएका शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । शिक्षकको आन्दोलनका कारण झन्डै ५४ लाख जना बालबालिकाको पढाइ ठप्प भएको छ ।
यसैबीच शिक्षकहरूको विरोध प्रदर्शनले काठमाण्डौ ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरेकाले त्यस क्षेत्रमा गाडी आवागमन अवरुद्ध भएको हो । ट्राफिक प्रहरीले नयाँ बानेश्वर चोक र माइतीघरबाट गाडी डाइभर्सनु गरेको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

