पोखरामा सुनका गहना चोरी गरेर मोवाईल पसलमा लुकाएपछि...
पाेखरा | भदौ २७, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गहना चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ गरेको छ ।
पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी गरेको आरोपमा पर्सागढी नगरपालिका स्थायी घर भएकी शिवदेवी चौधरी र चोरी गरेको गहना लुकाउन सहयोग गरेको भन्दै एक मोवाईल पसलका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको हो ।

गएको भदौ २५ गते पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी भएको निवेदनपछि सोही आवासमा काम गर्ने व्यक्तिलाई सोधबुझ गर्दा चोरी गरेर मोवाईल पसलमा लुकाउन दिएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

