ताराखोलामा माछा मार्न रोक, अटेरी गर्नेलाई एक लाख जरिवाना

बाग्लुङ | भदौ २२, २०८०

ताराखोलामा माछा मार्न रोक, अटेरी गर्नेलाई एक लाख जरिवाना Photo: Dipsan Rana

बागलुङ:   बागलुङको तारखोला गाउँपालिकाले गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न रोक लगाएको छ । 


गाउँपालिकाले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचार क्षेत्रमा माछा मार्न रोक लगाएको जानकारी गराएको हो ।
 

‘ताराखोलाका खोलाहरुमा पाइने माछा जिल्लाकै प्रशिद्ध हुनुका साथै चिनारी समेत हो, यसको संरक्षण र दिगो उपयोगको सुनिनिश्चिता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य हो’, सूचनामा भनिएको छ, ‘गाउँपालिकाको जलचर एवं जली जैविक विविधता संरक्षण कार्यविधि,२०८० र गाउँपालिकाको निर्णय अनुसार भदौ २२ देखि कात्तिक १५ गतेसम्म ताराखोलामा माछा मार्न रोक लगाएको छ ।’


सूचनामा भनिएको छ, विशेष गरी वर्षाऋतुमा माछाले फुल पार्ने तथा भुराको वृद्धि विकासको अवधि भएकाले समेत माछा मार्न रोक लगाएको उल्लेख गरिएको छ । 


गाउँपालिकाले सूचनाको अटेर गरेर सूचना अविधि भर माछा मारेको पाएमा गाउँपालिकाको जलचर एवं जलीय विविधता संरक्षण कार्यविधि, २०८० को दफा १४ बमोजिम दशहजार देखि १ लाखसम्म जरिवाना गर्ने जनाएको छ ।

 

ताराखोला गाउँपालिकाभित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि तारखोला गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ । 
 


 

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्