५० बढी समूहले लिए कास्की प्रशासनबाट तीज कार्यक्रमको अनुमति
पाेखरा | भदौ २२, २०८०
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजसँगै विभिन्न कार्यक्रम जात्रा सञ्चालनका लागि ५० भन्दा बढीले प्रशासनको अनुमति लिएको जनाएको छ ।
कास्की प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै भदौ ५ गते प्रशासनको अनुमति विना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला महोत्सव आयोजना नगर्न सूचना प्रकाशित गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा विभिन्न कार्यक्रमका लागि ५० भन्दा बढी समूहले प्रशासनको अनुमति लिएको जानकारी दिए ।
‘हामीले तीज पर्वलाई मात्र होइन, दशै तिहार लगायतका चाडपर्वमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै सूचना प्रकाशित गछौं’, ढकालले भने, ‘प्रशासनले शान्ति सुरक्षालाई कायम गर्दै सूचना प्रकाशित भएपनि सूचनामा गलत बुझाइ रहेको पाइयो ।’
उनले हरितालिका तीज मनाउने नाममा खर्चिला कार्यक्रम गर्ने र विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन सूचना प्रकाशित गरेको दोहोर्याए ।
‘शान्ति सुरक्षा दिनुको प्रशासनको कर्तव्य हो, कुनैपनि चाडपर्व मनाउने नाममा तडक भडकसहितका खर्चिला कार्यक्रम नगरी संस्कृतिको संरक्षण होस भन्ने हो’, उनले भने, ‘खर्चिला कार्यक्रमले विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन प्रशासनको अनुमति लिएर कार्यक्रम गर्न सूचना प्रकाशित गरेका हौ ।’
कास्की प्रशासनले अनुमति नलिएका अन्य समूहलाई पनि जानकारी दिन र अनुमति लिन आग्रह गरेको छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

