स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
स्याङ्जा | भदौ २२, २०८०
स्याङ्जा: स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षका यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । पाँच जना साथीहरू मिलेर माछा मार्न गएका थापाको आज बिहान २ बजे तिर मृत्यु भएको प्रहरीको भनाई छ ।
प्रहरीले माछा मार्न गएका अन्य व्यक्तिहरू वालिङ ६ थापा डाँडाका ३६ वर्षीय तिल बहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने वर्ष ६० को बलदेव रानालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटा सहित नियन्त्रणमा बरामद गरिएको सूचना अधिकारी लामाले जानकारी दिए। शवलाई पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा राखिएको र थप अनुसन्धान कार्य जारी प्रहरीको भनाई छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

