पोखरामा धरान घर बताउने राईको शव फेला
पाेखरा | भदौ २१, २०८०
पोखरा: पोखरा महानगरपालिका ५ प्रस्याङमा धरान घर बताउने एक पुरुषको शव फेला परेको छ ।
पोखरामा विगत केही वर्ष यता बेवारिसे अवस्थामा बस्दै आएका धरान घर बताउने कुमार राई नाम गरेको एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।
‘पोखरा ५ प्रस्याङ सडक किनारामा एक पुरुषमा शव फेला परेको सूचना पछि आवश्यक अनुसन्धान गर्दै जाँदा सडकमा बेवारिसे अवस्थामा हिड्ने व्यक्तिको भएको जानकारी पायौं’, डीएसपी जोशीले भने, ‘सडकमा सँगै खाने, बस्ने हिडडुल गर्ने उसको साथीसँग बुझ्दा नाम कुमार राई र घर धरान बताउने गरेको अनुसन्धानमा खुल्न आएको छ ।’

उनले शवको प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बताए ।
वडा प्रहरी कार्यालय बैदामले प्रारम्भिक अनुसन्धानमा शव फेला परेको पुरुषको नाम कमार राई र घर धरान बताएपनि शवको पहिचान हुन नसकेको जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

