पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते
पाल्पा | भदौ १६, २०८०
पाल्पा: पाल्पाको तानसेन -१२ गाइघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भइ दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तीन दिनअघि पनि गाइघाट नजिकै जोर्तेमा स्कार्पियो जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा तीन जनाको मृत्यु भएको थियो ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

