सर्लाहीको पर्साबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ
काठमाडाैं | भदौ ३, २०८०
सर्लाहीको पर्सा नगरपालिकाबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीवनकुमार यादव र प्रकाश यादव रहेका छन् ।
भारतीय नम्बर प्लेटको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा नेपाल आएका सर्लाही हरिपूर्वा नगरपालिका–६ खरमारका २३ वर्षीय जीवनकुमार यादवलाई एक थान पेस्तोल र १५ राउन्ड गोली तथा २० वर्षीय प्रकाश यादवलाई एक थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर गुरुङका अनुसार उनीहरुलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा गएराति पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको सशस्त्र प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

