बाँकेमा आँखा पाक्ने रोगको औषधि अभाव

बाँके | साउन ३१, २०८०

बाँकेमा आँखा पाक्ने रोगको औषधि अभाव

बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ ।

 

पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । तर, औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख डाक्टर राम साहले बताउनुभयो ।

 

उहाँका अनुसार अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन् । 

 

राप्ती सोनारी–३ आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज हिरामणि गुरौ थारूले सबैलाई आँखामा हाल्ने औषधि दिन नसकेको बताउनुभयो ।

 

राप्ती सोनारीका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जिल्लामै औषधि अभाव भएकाले स्वास्थ्य चौकीमा समेत त्यसको असर परेको बताउनुभयो ।

 

राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले बिरामीको सङ्ख्याअनुसार स्वास्थ्य चौकीमा औषधि पुर्‍याउन नसकिएको बताउनुभयो । 

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्