सोंपाल तमु समाज पोखराको अध्यक्षमा दिपककुमार गुरुङ

पाेखरा | साउन २७, २०८०

सोंपाल तमु समाज पोखराको अध्यक्षमा दिपककुमार गुरुङ

पोखरा:    पोखरा ८ बगालेटोलस्थित श्री सोंपाल तमु समाज पोखराको ३४ औं वार्षिक साधारणसभा एवम पाँचौं अधिवेशन सम्पन्न भएको छ ।  शनिवार सम्पन्न अधिवेशनले दिपककुमार गुृरुङको अध्यक्षतामा २५ सदस्यीय सोपाल तमु समाज, सुनिता गुरुङको अध्यक्षतामा २६ सदस्यीय आमा समुह र प्राण गुरुङको संयोजकत्वमा ८ सदस्यीय युवा समिति गठन गरिएको छ ।


समाजको प्रथम उपाध्यक्षमा सावित्री गुरुङ, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, सचिवमा इन्द्रप्रसाद गुरुङ, सहसचिवमा सुर्यमान गुरुङ, कोषाध्यक्षमा क्या.सागर गुरुङ, सहकोषाध्यक्षमा सोमबहादुर गुरुङ र सदस्यहरुमा साधना गुरुङ,कृष्णकुमारी गुरुङ, सुमिता गुरुङ, मञ्जु गुरुङ, रामकाजी गुरुङ, तिलबहादुर गुरुङ, राजु गुरुङ, राजेन्द्र गुरुङ, पञ्चकुमारी गुरुङ, अशोक गुरुङ, कृष्णबहादुर गुरुङ, नरबहादुर गुरुङ, प्राण गुरुङ, विजय गुरुङ, क्षेत्र गुरुङ,जानकी गुरुङ, ओम गुरुङ र मिनप्रसाद गुरुङ रहुनभएको छ ।


आमा समुहको उपाध्यक्षमा मिना गुरुङ, सचिवमा रिता गुरुङ, कोषाध्यक्षमा चन्द्रवती गुरुङ, सहसचिवमा अनिता गुरुङ, सहकोषाध्यक्षमा देविसरा गुरुङ र सदस्यहरुमा जयन्ती गुरुङ, कृष्णकुमारी गुरुङ, लक्ष्मी गुरुङ, मीना गुरुङ, जलदेवी गुरुङ, तिर्था गुरुङ, तारा गुरुङ, चण्डीकुमारी गुरुङ, जयदेवी गुरुङ, रचना गुरुङ, सरस्वती गुरुङ, अमृता गुरुङ, बृद्ध गुरुङ, निर्मला गुरुङ, जानकी गुरुङ, चिनु गुरुङ, ज्ञानु गुरुङ, किरन गुरुङ, सोनी गुरुङ र बुद्धिसरा गुरुङ रहनुभएको छ ।


यसरी नै युवा समितिको सहसंयोकमा क्षेत्र गुरुङ, विर्जुन गुरुङ, भुपेन्द्र गुरुङ, सुविन गुरुङ, प्रताप गुरुङ र सुदर्शन गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो। शनिवार अधिवेशन सम्पन्न भएपनि सोपाल समाजको स्थापना दिवस भदौ १६ गतेबाट मात्रै नवनिर्वाचित कार्यसमितिले पदभार सम्हाल्ने गरिनछ ।


यस अघि वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले श्री सोंपाल तमु समाज पोखरा सबैका लागि उदाहरणीय समाज, अग्रज एवम विशेष व्यक्तित्वहरुको समाज भएको भन्दै प्रसंसा गर्नुभयो । तमु समाजहरुमा युवाको सहभागीता, आकर्षणका विषयलाई विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।


समाजका संस्थापक अध्यक्ष, पोखराका पुर्व उपमेयर क्या.मानबहादुर गुरुङले साधारणसभामा समाजका सदस्यहरुको अनिवार्य उपस्थिति हुनुपर्दछ भन्दै समाज स्थापना चर्चाका साथै आगामी दिनमा समाजले ध्यान दिनुपर्ने विषयहरु प्रस्तुत गर्नुभएको थियो ।


साधारणसभामा समाजका सचिव इन्द्रप्रसाद गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सावित्री गुरुङले आर्थिक प्रतिवेदन र आमा समुहका कोषाध्यक्ष साधना गुरुङ प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । समाजका अध्यक्ष मोतीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष दिपककुमार गुरुङले स्वागत र सचिव इन्द्रप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्