मनाङमा बारुला खाँदा आठ जना गम्भीर बिरामी
मनाङ | साउन १८, २०८०
मनाङ: विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।
बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापा मगर, ४० वर्षीय गुञ्जमान थापा, गोरखा पालुङटार नगरपालिकाका–८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका–८ की ४७ वर्षीया लीला तामाङ, धादिङ रुविभ्याली गाउँपालिका–५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भई नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटेल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढा रहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले जानकारी दिनुभयो ।
भुईँ बारुला पोलेर खाएका उनीहरूलाई रातिदेखि मुटु, छाती तथा जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको प्रनाउ भण्डारीले बताउनुभयो । उहाँका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

