विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे रिहा
काठमाडाैं | साउन १८, २०८०
काठमाडौं- एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्।
काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्।
प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो।
अधिवक्ता पाण्डेले तामाङ र मगरलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र यसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्। तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको हाे।
तामाङ तथा मगर समुदायका व्यक्तिबारे गलत अभिव्यक्ति दिएको भन्दै उक्त समुदायका व्यक्तिहरुले बुधबार काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेका थिए।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

