पिकअप गाडीमा बगरबाट फोहोर बोकेर शान्तिवनमा फाल्न आउँदा समातिए रेशम
पाेखरा | साउन १६, २०८०

पाेखरा: मंगलबार बिहान बगरबाट महिन्द्रा पिकअपमा फोहोर राखेर शान्तिवनमा फाल्न आउनेक्रममा रेशम थापामगर समातिएका छन् ।
मगरले बिहान ८ बजेतिर गाडीमा फोहोर लिएर आएको र शान्तिवन क्षेत्रमा फाल्न लाग्दा नजिकै रहेको तरकारी बजारमा कार्यरत सुरक्षाकर्मीले चाल पाएपछि समातिएका हुन् ।
उनीहरुले बताएअनुसार यसअघि पनि मगरले यसरी नै फोहोर फालेको आशंका छ । ‘यसअघि पनि यहाँको सडकक्षेत्रमा फोहोरको डंगुर फालिएको पाइएको छ’ त्यहाँका एक सुरक्षाकर्मीले भने ‘यही रेशमकै काम हो भन्नेमा आज विश्वस्त भइयो ।’
मगरले आज बिहान तरकारी बजारबाट एक गाडी सामान बगर पुर्याएका थिए । त्यसपछि फर्कदा उनले त्यहाँको पसल र अन्यत्र स्थानबाट फोहोर संकलन गरेर ल्याएका थिए । मगरले महिन्द्रा पिकअपबाट बिहान तरकारी डेलिभरी गर्दै आएका छन् ।
उनलाई समातेपछि महानगर र वडा सचिव लोकदर्शन कोइरालालाई खबर गरिएको थियो । फोहोर बोकेर आउने पिकअप शान्तिवनस्थित दमकल परिसरमा राखिएको छ ।
सचिव कोइराला भन्छन् ‘गाडीवालाले फोहोर उठाउने मासिक काम लिएको शंका छ, उनी पटके हुन् भन्ने सूचना पाएका छौं ।’ सम्बन्धित गाडीधनी र चालकलाई कुरेर बसेको भन्दै कोइरालाले उनीहरु आएपछि के–कस्तो जरिवाना गर्ने भन्ने विषयमा छलफल हुने बताए ।
पोखरा ३३ लामेआहालमा फोहोर फाल्न नदिएपछि अहिले पोखराका सडकमा फोहोर थुप्रिएको र वर्षाले उक्त फोहोर सडकभर छरिने गरेको छ ।
मुस्ताङ: मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । ...
ढोरपाटन: बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरता...
काठमाडौं: आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओ...