पोखरामा लागूऔषधसहित एक युवा प्रकाउ

पाेखरा | साउन १६, २०८०

पोखरामा लागूऔषधसहित एक युवा प्रकाउ

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको हो । 


लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ ईन्द्रुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचनलाई लागूऔषधसहित प्रकाउ गरेको हो । 


प्रहरीले तुलाचनको कोठामा खानतलासी गर्दा ब्राउस सुगर जस्तो देखिने पदार्थ ८ ग्राम, ब्रुफिनुर्फिन ३७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी २ सय ४ एम्पुल र ४ सय ७० ग्राम लागूऔषध गाँजा, नाईट्रोभ्याट ३सय ५ ट्याब्लेट, डिजिटल तराजु २ थान र मोबाईल १ थान सहित प्रकाउ गरेको हो । 


प्रकाउ परेका युवालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जनाएको छ । 
 

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्