शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैनः अध्यक्ष थापा
पाेखरा | साउन ९, २०८०
पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् ।
सामुदायीक बिद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम भएकी पोखरा २६ लक्ष्मी उच्च माविमा अध्यानरत छात्रा मेनुका शर्मालाई वडाले गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारी र सामुदायिक विद्यालयमा बिद्यार्थीहरुलाई जामजाम गर्ने परिस्थिति निर्माण गर्नका लागि वडा कार्यालय प्रयत्नशिल रहेको बताए ।
थापाका अनुसार पोखरा महानगरपालिका वडा नं। २६ ले नेपालमा नै पहिलो पटक वडा अध्यक्षसँग बालबालिका कार्यक्रम संचालन गरेको र उत्त कार्यक्रम प्रभाबकारी भएकाले मासिक एक पटक उक्त कार्यक्रम संचालन गरिने जानकारी गराए । थापाले सरकारी शिक्षण संस्था सुधारका लागि वडाले केहि सिर्जनसिल योजनाहरु अगाडी सारेको बताए । उनले शिक्षा क्षेत्रलाई अंक मापनको मात्र बिषय अतिरिक्त कृयाकलापमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताए ।
यसअघि पनि वडा कार्यालयले बिभिन्न बिधामा विजय हाँसिलगरि वडाको नाम जिल्लामा राख्न सफल भएको भन्दै सम्मान गरेको बताए । आगामी दिनमा पनि वडाको नामलाई जिल्ला र देशमा राख्ने बिद्यार्थीहरुलाई सम्मान र हौँसला दिनका लागि कुनै कसर बाँकी नराख्ने बताए । थापाले सम्मानित छात्रालाई उच्च शिक्षाका लागि पनि सहजीकरण गर्ने बताए ।
वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थराज रानाभाट, लक्ष्मी भट्टराई, वडा शिक्षा समितिका सचिव मिना भट्टराई भण्डारी, सदस्यहरु हरिप्रसाद अधिकारी, रमेश भट्टराई, प्रकाशलाल श्रेष्ठ, बेदप्रसाद बास्ताकोटी, लक्ष्मी माध्यमिक विद्यालयका विद्यालयका प्रधाननध्यापक जगन्नाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं: आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान क...
काठमाडौं: जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।&...
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

