पोखरा: कास्की मादी गाउँपालिकाले पालिका स्थापना दिवसको अवसरमा फागुन २७ देखि २९ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मादी गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पालिका स्थापना दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको हो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले कार्यपालिकाको निर्णय अनुसार पालिका स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन लागेको बताए । ‘पालिकाको पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार साथै संस्कृति आदानप्रदान गर्ने हेतुले माघ १५ गते बसेको बैठकले पालिका स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन २७ देखि २९ गतेसम्म मादी गाउँपालिका–३ याङ्जाकोटमा सञ्चालन गर्दै छौं ।’ अध्यक्ष गुरुङले पहिलो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता पालिकास्तरीय भएपनि दोस्रो संस्करणमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले २ लाख,उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार रहेको पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको तेस्रो संस्करणको अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले जितेको छ । माछापुच्छ्रे गाउँपालिका ६ धम्पुसको भलिबल कोर्टमा भएको फाइनल खेलमा गलकोटले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । गलकोट नगरपालिकाले शुक्लागण्डकी नगरपालिकालाई २५–२०, २५–१२, १६–२५ र २५–२० ले पराजित ग¥यो । उपाधि जितेको गलकोट नगरपालिकाले २ लाख र उपविजेता भएको शुक्लागण्डकी नगरपालिकाले १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । गलकोट नगरपालिकाले यस अघि पहिलो संस्करणमा उपाधि चुम्न सफल भएपनि गतवर्ष भने उपविजेता भएको थियो । सेमिफाइनल पराजित भएका बागलुङको निसीखोला गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाले ५०÷५० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुष तर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी, शुक्लागण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मिन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्राप्त गरे । यस्तै महिला तर्फको उपाधि भने शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखराले जितेको छ । शान्ता भलिबलले बागलुङ नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता शान्ता भलिवल ट्रेनिङ सेन्टरले नगद १ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता बाग्लुङ नगरपालिकाले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । सेमीफाइनलनमा पराजित माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘वि’ नगद २५÷२५ हजार प्राप्त गरे । त्यसैगरी प्रतियोगिताको महिला तर्फ शान्ता भलिवल ट्रेनिङ सेन्टरकी निरुता शाहि उत्कृष्ट खेलाडी, बाग्लुङ नगरपालिकाकी सोड·ा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिवल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनीशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आज सम्पन्न प्रथम तरूण कप भलिबल प्रतियोगिताको उपाधि पुरूषतर्फ बेनी नगरपालिका–९ घतान र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र १(१) अन्तर्गतका बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका वडास्तरीय पुरूष भलिबल प्रतियोगितामा रघुगङ्गा गाउँपालिका–२ भगवतीलाई दुईका विरूद्ध तीन सेटले पराजित गर्दै घतान विजयी भएको हो । नेपाल तरूण दल म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ वटा वडाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा घतानले भगवतिलाई पहिलो, चौथो र पाँचौ सेट ३१–२९, २५–१९ र १५–११ को अन्तरमा जितेको थियो । दोस्रो र तेस्रो सेट भगवतीले घतानलाई २५–२१ र २५–२२ को अन्तरमा जितेको थियो । ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेताले रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले रू ६६ हजार छ सय ६६ नगद पुरस्कार प्राप्त गरेका तरूण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । पाँच वटा स्थानीय तह सहभागी स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिकालाई पराजित गर्दै अन्नपूर्णले उपाधि चुमेको हो । अन्नपूर्णले मङ्गलालाई पहिलो, दोस्रो र चौथो सेट २५–२३, २५–१५ २५–१९मा पराजित गरेको थियो । मङ्गलाले तेस्रो सेट २५–२१ को अन्तरमा जितेको थियो । महिला भलिबलमा ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेतालाई रू ७७ हजार सात सय ७७ र उपविजेतालाई रू ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरिएको तरूण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले बताउनुभयो । विजेता र उपबिजेता खेलाडीहरूलाई प्रतिनिधीसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर), उपसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारी ९केबी०, तरूण दलका कार्यवाहक अध्यक्ष रोकालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यसअघि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरूण कप पुरूष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–२ बाबियाचौरलाई एकका विरूद्ध तीन सेटले पराजित गर्दै मङ्गला गाउँपालिका–५ अर्मनले जितेको थियो । भलिबल प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको गित तथा नृत्य प्रस्तुतीकासहितको तरूण साँझ पनि भएको थियो । म्याग्दीमा लोकप्रिय भलिबल खेलको प्रवर्द्धन, खेल प्रतिभाको पहिचान, प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको तरूण दल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ (विश्वास) ले बताउनुभयो ।
काठमाडौं: अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गर्नुभयो । एन्जिला व्यवसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् । यहि फागुन १४ गते भएको अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलिसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो ।
काठमाडौं: फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु प¥यो । म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् । ३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प्रहार म्यानमारकी गोलकिपरले बचाइन् । त्यसपछि भएको रिबाउन्डमासमेत नेपालले गोल गर्न सकेन । ४४औँं मिनेटमा रेणुका नगरकोटीको क्रसलाई म्यानमारकी गोलकिपरले फुत्काएपछि साम्बा र रेखाले बल जाली चुमाउन सकेनन् । नेपालले यसअघि कीर्गिस्तान र लेबनानलाई हराउँदै फाइनल पुगेको थियो । फाइनलमा पराजित भएपछि नेपालको उपाधि जित्ने सपना फेरि अधुरै रहयो ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवसको अवसरमा आयोजित खुल्ला धनुषवाण प्रतियोगिताको उपाधि मगर सेवा समाज माझखर्कले जितेको छ । ४३ औं मगर दिवसको अवसरमा मगर सेवा समाज माझखर्कले आयोजना गरेको खुल्ला धनुषवाण प्रतियोगितामा ६ िटमलाई पछि पार्दै आयोजक समेत रहेको मगर सेवा समाज माझखर्कले उपाधि जितेको हो । यस्तै प्रतियोगितामा सयपत्री हाइड्रोपावर दोस्रो र होली पूर्णिमा युवा क्लब ताराखोला तेस्रो भए । प्रतियोगितामा प्रथम भएको मगर सेवा समाज माझखर्कले १५ हजार, उपविजेता भएको सयपत्री हाइड्रोपावरले १० हजार र तृतीय भएको होली पूर्णिमा युवा क्लबले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै खुल्ला धनुषवाण प्रतियोगिता एकलतर्फ सयपत्री हाइड्रोपावरका दुर्ग बहादुर घर्तीमगरले उपाधि जिते । उपाधि जितेका घर्तीमगरले १० हजार हात पारे । यस्तै मगर सेवा समाज माझखर्कका खर्कबहादुर घर्ती मगरले द्धितिय हुर्दै ६ हजार र होली पूर्णिमा युवा क्लबका प्रदीप घर्ती मगर तृतीय हुँदै ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४३ औं मगर सेवा समाज माझखर्कको आयोजनामा गरिएको विविध कार्यक्रम मध्य आजदेखि खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु भएको भलिबल प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार र तृतीय हुने टिम १४ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ । मगर सेवा समाज माझखर्कले आयोजना गरेको कार्यक्रम फागुन १५ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकामा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । माछापुच्छ्रे गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए हो । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले फागुन १४ देखि १७ गते सम्म हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको बताए । ‘माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना, वडा नम्बर ७ को व्यस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको संयोजनामा गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यमा हुने प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष गुरुङले भने, ‘ तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप यसपटक माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसमा सञ्चालन गर्दै छौं ।’ उनका अनुसार फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित हुने २ टिमलाई ५०÷५० हजार रुपैयाँसहित ट्रफी मेडल, र प्रमाणपत्र प्राप्तगर्ने छन् । यस्तै महिलातर्फको विजेताले १ लाख, उपविजेताले ५० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले २५÷२५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाइनलमा पराजित हुने टिमले प्राप्त गर्ने पुरस्कार राशीमा तोकिए बमोजिम नियमानुसार करकट्टी गरी पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुष विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोखो अंकित खेलकुद पोशाक पुरस्कार प्रदान गाउँपालिकाले जनाएको छ । गाउँपालिका ७ धम्पुसमा सञ्चालन हुने प्रतियोगितामा दर्शकहरुका लागि अवलोकनका लागि प्याराफिट निर्माण गरिएको छ भने, खेल अवधिभर होटल तथा होमस्टेमा १ हजार रुपैयाँका दरले खाना, खाजा र आवासको प्याकेज उपलब्ध हुनेछ ।
कञ्चनपुर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ । सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोसल्ला र सम्मानपत्रसहित रु ५१ हजार पुरस्कार प्रदान गर्नुभयो । त्यसअघि ऐरीलाई रथमा महेन्द्रनगर बजार परिक्रममा गराइएको थियो । उहाँलाई सम्मान गर्दै मन्त्री भण्डारीले खेलका माध्यमबाट मुलुकको परिचान अन्नरराष्ट्रियस्तरमा पु¥याउने र विश्वकीर्तिमान राख्नेगरी खेल्न शुभकामना दिनुभयो । “अझै विश्व कीर्तिमान राख्न सफल हुनुहोला शुभकामना छ”, ऐरीलाई सम्मान गर्दै मन्त्री भण्डारीले भन्नुभयो । नेपालका ‘ब्याटिङ अलराउण्डर’ ऐरीले विश्वक्रिकेटमा दुलर्भ कीर्तिमान बनाएका छन् । ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा चीनको हाङ्गजाउमा एसियन गेमअन्तर्गत मङ्गोलियाविरुद्ध टी–२० आई खेलमा सर्वाधिक छिटो नौ बलमा अर्धशतक प्रहार गरेर कीर्तिमान राखेका हुन् । त्यसअघि भारतीय पूर्वक्रिकेटर युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतकको कीर्तिमान बनाएका थिए । सिंहले बनाएको उक्त कीर्तिमानलाई ऐरीले तोडिदिएका हुन् । साथै अन्तरराष्ट्रिय क्रिकेटमा एक ओभरमा छ छक्का हान्ने खेलाडीको सूचीमासमेत ऐरीको नाम छ । दीपेन्द्रले १३ अप्रिल २०२४ मा एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा छ छक्का हानेर अर्को ‘रेकर्ड’ बनाएका थिए । गृहनगरमा उद्योग वाणिज्य सङ्घले गरेको सम्मानले खेलाडीलाई प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । “यसरी गृहनगरमा खेलाडीको आत्मबल बढाउने गरी गरिएको सम्मानले मनोबल उच्च बनाएको छ । साथै अन्य खेलाडीलाई पनि यसबाट प्रोत्साहन मिलेको विश्वसा छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय कञ्चनपुरमा क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएकोले राज्यले खेलकुदका पूर्वाधार विकासमा ध्यान दिनुपर्छ ।” ऐरी ब्याटिङमा मात्रै नभई बलिङ र फिल्डिङमा पनि अब्बल मानिन्छन् । ऐरी आइसिसीको टी–२० आई वरियता अलराउण्डरतर्फ शीर्ष छ मा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनीबाहेक नेपाली क्रिकेटमा कुनै पनि वरियता शीर्ष–२० पार लगाउन सकेका छैनन् । नेपाली क्रिकेटको उर्भर भूमि कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर भानुचोकमा दीपेन्द्रको परिवारको बसोबास छ ।
सुनसरी: पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ । शनिबार इटहरी रङ्गशालामा भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच भएको खेलमा सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको हो । मच्छिन्द्र क्लबका खेलाडी मल्लिक हिसुबले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ८५औँ मिनेटमा ओमोलाजा नुरेन हरेनले गोल गरेका थिए त्यही गोल निर्णायक बन्न पुग्यो । यो उपाधिसँगै मच्छिन्द्र क्लबले रु १० लाख पुरस्कार र उपविजेता सगरमाथाले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित भएका छन् । उनलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ । आजको खेलको ‘म्यान अफ दी म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

