माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल: गलकोट र शान्ता भलिबललाई उपाधि
पाेखरा | फागुन १७, २०८१

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको तेस्रो संस्करणको अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।
माछापुच्छ्रे गाउँपालिका ६ धम्पुसको भलिबल कोर्टमा भएको फाइनल खेलमा गलकोटले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
गलकोट नगरपालिकाले शुक्लागण्डकी नगरपालिकालाई २५–२०, २५–१२, १६–२५ र २५–२० ले पराजित ग¥यो । उपाधि जितेको गलकोट नगरपालिकाले २ लाख र उपविजेता भएको शुक्लागण्डकी नगरपालिकाले १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
गलकोट नगरपालिकाले यस अघि पहिलो संस्करणमा उपाधि चुम्न सफल भएपनि गतवर्ष भने उपविजेता भएको थियो ।
सेमिफाइनल पराजित भएका बागलुङको निसीखोला गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाले ५०÷५० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरुष तर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी, शुक्लागण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मिन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्राप्त गरे ।
यस्तै महिला तर्फको उपाधि भने शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखराले जितेको छ । शान्ता भलिबलले बागलुङ नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि विजेता शान्ता भलिवल ट्रेनिङ सेन्टरले नगद १ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता बाग्लुङ नगरपालिकाले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।
सेमीफाइनलनमा पराजित माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘वि’ नगद २५÷२५ हजार प्राप्त गरे ।
त्यसैगरी प्रतियोगिताको महिला तर्फ शान्ता भलिवल ट्रेनिङ सेन्टरकी निरुता शाहि उत्कृष्ट खेलाडी, बाग्लुङ नगरपालिकाकी सोड·ा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिवल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनीशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो ।
मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...
काठमाडौं: देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३ गतेसम्म (५ देखि...