पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ...

काठमाडौं: नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ ।  जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए ।  बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे । बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन । 

पोखरा:    स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा पहिलो चरणका खेल भएका छन् ।   ‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पुर्णिमादेखि सञ्चालन भएको मेलामा आज पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक राना मगरले जानकारी दिए ।   उनका अनुसार मंगलबार ४ खेल सम्पन्न भए ।    काल्खु खेल मैदानमा भएको पहिलो खेलमा खाङ्ग्राङले आयोजक टिम ‘स’लाई २५¬¬–१० २५–२७ र २५–१७ को सेटमा पराजित गर्याे ।   य​स्तै दोस्रो खेलमा भुस्नासुरले बासपानीलाई २५–१९ र २५–२४ को सोझो सेटले हराउँदै भुस्नासुर दोस्रो चरणमा प्रवेश गर्याे ।   तेस्रो खेलमा गहते टिम ‘ए’ले गामी छाक्रालाई २५–२२ र २५–२० को सेटले पाखा लगायो ।    यसैगरी अन्तिम खेलमा काल्खुले गहते टिम ‘बि’लाई २५–१८, २२–२५ र २५–२१ को सेटले काल्खु विजयी बन्यो ।    आज पनि पहिलो चरणकै खेल सञ्चालन हुने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार खुला नृत्य तर्फ १२ जना प्रतिस्पर्धामा उत्रेका छन् ।   भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ ।   नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।    उनका अनुसार नववर्षको अवसरमा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङ, शम थापामगर, अर्चना चापागाँई र होम गुरुङले प्रस्तुती दिएका थिए ।

पोखरा:  पर्वत र आयोजक एलिट भलिबल प्रथम एलिट भलिबल कपको च्याम्पियन बनेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३, नदिपुरमा भएको उक्त प्रतियोगिताको पुरुषतर्फ पर्वत र महिलातर्फ एलिट भलिबल टोली च्याम्पियन बनेको हो । पर्वतले पिरामिड कन्ट्रक्सन हङकङलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको पर्वतले तेस्रो सेट १७–२५ ले पिरामिड कन्ट्रक्सनलाई सुम्पिएको थियो । चौथो सेटमा २५–२२ को पुनरागमन जित निकाल्दै पर्वतले उपाधि रक्षा ग¥यो । उपाधिसँगै पर्वतले ट्रफीसहित नगद एक लाख हात पा¥यो । फाइनलमा पराजित पिरामिड कन्ट्रक्सन हङकङले ५० हजारमा चित्त बुझाउनुप¥यो । महिलातर्फ आयोजक टोली एलिट भलिबलले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पा¥यो । एलिट भलिबलले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ को सहज जित निकाल्यो । एलिट भलिबलले ५० हजारसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको बागलुङ नगरपालिकाले २५ हजार प्राप्त गरेको छ । पुरुषतर्फ सञ्जुविक्रम शाह र महिलातर्फ मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरुषतर्फ वेष्ट सर्भर रेशम छन्त्याल, वेष्ट सेटर विवश आले, वेष्ट ब्लकर सुगम विक, वेष्ट स्पाइकर सन्तोष विक र वेष्ट डिफेन्डर जितबहादर सार्की घोषित भए । महिलातर्फ वेष्ट सर्भर रिक्जना बोटे, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर विष्णु क्षेत्री, वेष्ट स्पाइकर सोइङ थापा र वेष्ट डिफेन्डर काजल श्रेष्ठ बनिन् । विजेता, उपविजेतालाई एलिट भलिबलकी प्रशिक्षक अरुणा शाही, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य डा. मधुसुधन सुवेदी, भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङसहितले ट्रफी र मेडल प्रदान गरे । आयोजक एलिट भलिबल एकेडेमीकी प्रशिक्षक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले यो प्रतियोगिता महिला खेलाडी उत्पादनका लागि कोशेढुंगा हुने विश्वास व्यक्त गरिन् । 

पोखरा:  प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–८ ले पछि पा¥यो । बागलुङले शान्ता भलिबललाई ३–१ ले हराउन सफल रह्यो । पहिलो सेट १५–२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२१, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । सोमबार पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल हुनेछन् । बिहान साढे ७ बजे पुरुषतर्फको पहिलो सेमिफाइनल पिएन क्याम्पस र पर्वतबिच हुनेछ ।  दोस्रो सेमिफाइनल पिरामिड कन्ट्रक्सन हङकङ र न्यू डायमण्ड म्याग्दीबिचको खेल ९ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको सेमिफाइनलपछि महिलातर्फको फाइनल खेल हुनेछ ।  महिलातर्फ फाइनलमा बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम भिड्नेछन् । त्यसपछि पुरुषतर्फको फाइनल खेल हुनेछ । उक्त खेल साढे एक बजे सुरु हुने आयोजकले जनाएको छ । आइतबार भएको पुरुषतर्फका खेलमा पर्वत र न्यू डायमण्ड म्याग्दी विजयी भएका थिए । पर्वतले देउराली युवा क्लबलाई २५–१९, २५–१५ र २५– २३ ले हरायो ।  न्यू डायमण्ड म्याग्दीले एलिट भलिबललाई ३–१ को सेटले पराजित ग¥यो । २८–३० ले गुमाएको न्यू डायमण्डले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो । प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।  

पोखरा: पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् ।  माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् ।  प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए ।  यस्तै प्रब्लिक फोरकेका प्रबन्धक निर्देशक मन क्षेत्री चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकाल पाँचौ, नयाँ लिपिका सम्पादक सुरज श्रेष्ठ छैठौ र महेश भण्डारी सातौं भए ।  उपाधि विजेता गुरुङ राष्ट्रिय समाचार समिति (रासस), समाधान दैनिक पत्रीका, अमेरिकी समाचार संस्था दि एसोसियटेड प्रेस–एपीमा आवद्ध छन् ।  प्रतियोगितामा प्रथम भएका गुरुङले ५ हजार नगदसहित मेडल, प्रमाणपत्र टफी प्राप्त गरे । द्धितिय भएका क्षेत्रीले ३ हजार र तृतीय भएका श्रेष्ठले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भने, चौथो, पाँचौ, छैठौं र सातौ भएकाहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे ।  

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि युके लण्डनले जितेको छ ।   ऐतिहासिक ३१ औं चैत्र दशैं मेला अन्तर्गत आज (शनिबार) भएको फाइनल खेलमा युके लण्डनले र घाचोकलाई ३–२ सेटले हराउँदै लण्डनले उपाधि जितेको हो ।   उपाधिसँगै लण्डनले नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको घाचोकले नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । भने, सान्त्वना बनेको टि गार्डेनले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।     उक्त खेलबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा युके लण्डनका कमल सुनार पुरस्कृत गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   उनका अनुसार उत्कृष्ट सर्भरका रुपमा सोही टिमकै संजोग परियार, उत्कृष्ट सेटरका रुपमा युके लण्डनकै देवेन्द्र परियार, उत्कृष्ट लिब्रोका रुपमा सोही टिमकै राजन दर्लामी मगर पुरस्कृत भए । भने, उत्कृष्ट स्पाइकरका रुपमा घाचोकका मिलन विक र उत्कृष्ट ब्लकरका रुपमा सोही टिमकै देवेन्द्र कुँवर पुरस्कृत भए । पुरुष भलिबलतर्फ कुल २४ टिमको सहभागिता रहेको थियो ।   खेल संयोजक अनोद गुरुङका अनुसार महिलातर्फ हिमशिखर क्लब धम्पुसले बौद्ध सिर्जना क्लब घलेललाई ३–० को सोझो सेटले हराउँदै धम्पुस च्याम्पियन बन्यो । च्याम्पियन बनेको धम्पुसले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्राप्त गर्याे ।     यस्तै उपविजेता बनेको घलेलले, नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र हात पार्याे ।   विजेता तथा उपविजेता टोलीलाई गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, वडा सदस्य अर्जुन परियार, माछापुच्छ्रे गाउँपालिका खेलकुद संघका सदस्य सचिव हुमबहादुर गुरुङ, क्लबका अध्यक्ष सुजन गुरुङ, स्थानीय अग्रजहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।   गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा हिजो (बिहीबार) बेलुकी लोक तथा दोहोरी गायीका मन्जु विक, कृष्ण सुवेदी लगायतले प्रस्तुती दिएका थिए ।    

पोखरा:  ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् ।   क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन र टि गार्डेनबीच आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा टि गार्डेनलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटले  पराजित गर्दै युके लण्डन फाइनलमा प्रवेश गरेको हो ।   यस्तै दोस्रो सेमिफाइनल खेलमा घाचोकले स्याङ्जालाई ११–२५, २५–१८, २५–२१ र २३–२५ को सेटमा पराजित गर्दै फाइनलमा युके लण्डनसँगको भेट पक्का गर्याे ।   उक्त फाइनल खेल शनिबार हुने खेल संयोजक अनोद गुरुङले जानकारी दिए । उनका अनुसार तृतीय स्थानका लागि भने टि गार्डेन र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।    महिलातर्फ यसअघि नै हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेका छन्  । उक्त खेल पनि शनिबार नै सम्पन्न हुने गुरुङले बताए ।    कुल २४ टिमको सहभागिता रहेको पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव निरोज गुरुङले बताए ।   उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा खेलकुदका गतिविधिसँगै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुँदै आएको छ । 

पोखरामा चैत अन्तिममा मिडिया कप किङ्गस बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।   चैत ३० गते शनिबार प्रतियोगिता हुन लागेको हो । माईन्ड फ्रेस चेस क्लब पोखरा कास्कीको आयोजनामा हुने प्रतियोगिता नेपाल पत्रकार महासंघको भवनमा हुनेछ ।   प्रतियोगिता सहभागीता जनाउनका लागि आयोजक माईन्ड फ्रेस चेस क्लबका अध्यक्ष युवराज भण्डारीले आग्रह गरेका छन् । प्रतियोगिताको बिजेताले नगद ५ हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।   प्रतियोगित दोस्रो, तेस्रो हुनेल नगद ३ हजार, २ हजार र मेडल प्राप्त गर्ने छन् । त्यसै गरी सातौं स्थान सम्म प्राप्न गर्ने खेलाडी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।   प्रतियोगितालाई पोखराको महेन्द्रपुलमा रहेको किङ्गस इन्स्टिच्युटले मुख्य प्रायोजना गरेको छ ।   प्रतियोगितालाई अन्नपूर्ण गाउँपालिका कास्की, रुपा गाउँपालिका, फेदीखोला गाउँपालिका, नेपाल पत्रकार महासंघ कास्कीले सघाएका छन् ।  

पोखरा: तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ ।  अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई  २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।  उपाधिसंगै हेटौंडाले नगद  १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद  ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।   त्यस्तै  दोश्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोश्रो गोल गर्दै हेटौडाको उपाधी सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए । त्यस्तै प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे ।  प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ,  पोखरा महानगरपालिका वडा नं १० का सदस्य परमेश्वर बहादुर  कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोज बहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले समाज रुपान्तरण र खेल क्षेत्रको बिकासको लागि एबिसी क्लबले महत्वपूर्ण योगदान पु¥याएको बताइन ।  एबिसी क्लबले भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गरी एक आपसमा भाइचारा अभिवृद्धि संगै शारिरीक तन्दुरुस्तका लागि समेत प्रौढ उमेर समुहलाई प्रेरिरत गर्ने काम गरेको समेत बताइन ।  अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङले बिगतका संस्करणहरु जस्तै तेस्रो संस्करणको भेट्रान्स कप सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने प्रति आभार ब्यक्त गरे ।