पोखरा: सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिहीवार पोखरामा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी ट्रफी सार्वजनिक गरेको हो । अवार्डको ट्रफी प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्षद्धय विनोद लामिछाने र केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, छेटौं संस्करणको पोखरा स्पोटर््स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गणेश बहादुर भट्टराई र पश्चिमाञ्चल खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सीनाले संयुक्त रुपमा सार्वजनिक गरेंका थिए । यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुने अवार्ड कार्यक्रमको तयारी पुरा भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । यसपाली स्पोर्ट्स अवार्डमा कुल ७ वटा विधामा अवार्ड वितरण गरिनेछ । यसरी वितरण गरिने अवार्डको विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेका छन् । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड घोषणा हुन बाँकी छ । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने मञ्च गण्डकीका महासचिव पौडेलले बताए । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको छ । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहनेछ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायत अवार्ड कार्यक्रमका थप आर्कषण हुन् । अवार्ड कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारको विषेश सहयोग रहेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई अन्य विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९, १२ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी कर्मचार्य ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ, अटोवेज प्रालि, एसके साउण्ड एण्ड म्युजिक पोखरा, युनाइटेड क्लब, यति एयरलाइन्स, आँगन स्विट न्युरोड, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा उपस्थित भएर खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हौसला बढाउन सम्पूर्ण सञ्चारकर्मी र खेलप्रेमीलाई मञ्चले अनुरोध गरेको छ । मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव पौडेल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव पौडेल लगायतले बोलेका थिए । मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
पोखरा: हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु-मेम्वर सहित ६५ जना पोखरा आइपुगको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् । प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरुका ५ महिलासहित ३१ जना पुरुष गरी कुल ३६ खेलाडीहरु सहभागिता रहेको योन्जनले जानकारी दिए । “धेरै खेलाडीहरु पहिलो पटक पोखरा आएका छन्” उनले भने–“गत वर्ष तेश्रो स्थान हासिल गरेका एक मात्र खेलाडी दोश्रो पटक सहभागिताका लागि आएका छन् ।” गत वर्ष चेक रिपब्लिकका पिटर भाव्रोशोक तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागिहरु ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट-पर्वतको कुस्मा-बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले यो वर्ष प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको जनाए ।
पोखरा: सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ-आफ्नै अड्कलबाजी हुन थालेको छ । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जनाए । यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का रहेको महासचिव पौडेलले खुलाए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति सहित विभिन्न १३ वटा उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चले जनाएको छ । करण केसी-क्रिकेट नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसीको जन्म २०४८ साल असोज २४ गते बागलुङमा भएको हो । उनी क्रिकेटका अलराउण्डर खेलाडी हुन् । राट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन् उनले त्यस अवधिमा ३ सय १४ रन बनाए । यसैगरी टि-२०मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि-२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् । करणले नेपाललाई आइसिसी विश्वकप लिग-२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गरेका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले लिग-२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए । उनले तीन पटक चार विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् । केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने नेपाली पहिलो खेलाडी हुन् । आफ्नो जन्मदिन भन्दापनि फेब्रुअरी १४ को दिन बढी खुशी लाग्ने गरेको उनी बताउँछन् । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए । यसका अलावा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए । गंगाबहादुर कुँवर-आर्चरी गंगाबहादुर कुँवर आर्चरीका खेलाडी हुन् । स्याङजा जिल्लामा जन्मेका उनको बसोबास तनहुँको भीमाद–६ मा रहेको छ । बाबु रेशम बहादुर कुँवर र आमा मनसुब्बा कुँवरका छोराका रुपमा २०३९ साल साउन २१ गते उनको जन्म भएको हो । भारतीय सेनामा कार्यरत उनले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल भए । उनले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टीममा स्वर्ण पदक जित्न सफल भएका हुन् । आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो । यसअगाडि उनले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रिकर्भ व्यक्तिगत तर्फ कांस्य पदक र रिकर्भ पुरुष टोलीमा स्वर्ण पदक जितेका थिए । त्यसै गरी सुदूरपश्चिममाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत रिकर्भ रजत पदक, रिकर्भ मिक्स टीममा रजत पदक र रिकर्भ पुरुष टोली स्वर्ण पदक जितेका थिए । प्रदीप खड्का-टेनिस टेनिसमा नेपालका नम्बर-१ खेलाडी हुन्प्र-दीप खड्का । टेनिसमै १५ वर्षको करियर पूरा गरेका प्रदीपको खेल जीवन सुरुआत २०६५ सालदेखि भएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जिन्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । उनी ८ औं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगल र मिक्स डबलका विजेता खेलाडी समेत हुन् । दोस्रो बीर गणेशमान सिंह नेसनल ओपन प्रतियोगितामा मेन्स सिंगल तर्फको विजेता र मेन्स डबल तर्फ उपविजेता बन्न पुगे । उनले यो वर्ष १९ औं माछापुच्छे बैंक ओपन एण्ड भेटान्स टेनिस प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल तर्फ उपाधी जित्न सफल भए । भारतको सिल्गुडीमा भएको सिल्गुडी प्रतियोगिताको मेन्स सिंगलमा उपबिजेता र मेन्स डबलमा बिजेता बने । फागुनमा भएको ५ औं बुटबल ओपन एण्ड पहिलो मयुर कप टेनिस प्रतियोगितमा मेन्स सिंगलमा विजेता र मेन्स डबलमा उपविजेता बने । पोखरा ५, प्रस्याङमा जन्मेका खड्काले पोखराकै बाराही माविबाट २०७२ सालको एसएलसी पूरा गरेका हुन् । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेका थिए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भएका थिए । कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कुल सातवटा विधामा अवार्ड प्रदान गरिनेछ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहने समेत मञ्चले जनाएको छ । यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, तमु धिं युके, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, मञ्चका पूर्व अक्ष्यक्ष प्रेमनारायण न्यौपाने, सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, रुपाकोट सुनचाँदी पसल, हाम्रो पोखरा सोफा होम, ओम बुद्ध नर्सरी, कर्मचारी ग्रुपको कोसेली तेल, सिर्जना विकास केन्द्र, नेपाल टेलिकम पोखरा, नेपाल आयल मिल, बुमराङ रेष्टुरेन्ट, टेनिस संघ, पोखरा उद्योग वाणिज्य संघ लगायतले समेत सघाउने तय भैसकेको छ । अवार्ड कार्यक्रमको पब्लिक फोर के टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । जसका लागि टेलिभिजनसँग सहकार्य गरिएको मञ्चले जनाएको छ । त्यसोत मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् । खेलाडीलाई उर्जा थप्न नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
वर्षाले बिथोलिएर दुई दिनसम्म सञ्चालन भएको एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा युनाइटेड अरब इमिरेट्सलाई ७ विकेटले हराएपछि अब नेपाल क्रिकेटका शक्ति राष्ट्र भारत र पाकिस्तानसँग आमनेसामने हुने भएको छ । जीतसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो। गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए। त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए। कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे। ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।
काठमाडौं: एसिसी प्रिमियर कपको फाइनलमा खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि दुबै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि आज खेल हुन सक्ने सम्भावना छैन । त्यसैले खेलाडी झोला बोकेर डग आउटबाट लागेका छन् । आज खेल नहुने आधिकारीक रुपमा पुष्टि भएको छ । मंगलबार युएईले बिहान ९ बजे १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि वर्षाको सम्भावना छ । मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन नसकेन भने नेपाल एसिया कपमा पुग्नेछ । सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् । नेपालका स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक नजिक थिए । युएईका आसिफ खान सर्वाधिक ४६ रनमा आउट भए । उनी स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भएका थिए । उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि पिच कभरले ढाक्न बोलाएका थिए ।
काठमाडौं: एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो। अब आज खेल हुने सम्भावना भएमा ओभर घटाइनेछ। दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल हुन सक्ने स्थितिमा आजै खेल हुनेछ। यद्यपि त्रिवि मैदानको आउट फिल्डमा पानी जम्दा मैदान हिलो भएको छ। त्यसैले आज खेल हुने सम्भावना न्यून छ। आज खेल हुन नसकेको अवस्थामा खेल भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ। भोलिका लागि खेल स्थगित भए आजकै स्थितिबाट खेल सुरू हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईले (१०६/९- २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ। भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओपर हुनेछ। सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ ।
पाेखरा: कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले विजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ विजयी भएको हो । आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले जानकारी दिए । आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिईन् भने बलिङतर्फपनि १ विकेट लिईन् । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले बताए । यसअघि शनिबार भएको पहिलो खेलमापनि कास्की ‘बी’ बिजयी भएको थियो । सो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्की ‘बी’ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कास्की ‘ए’ ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै बिजयी भएको सचिव पुनले जानकारी दिए । २८ बलमा ४० रन बनाएकी श्रृष्टी जैसी शनिबारको खेलमा उमन अफ दी म्याच घोषित भएकी पुनले बताए । पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मोतीराज तिमिल्सिनाले शनिबार उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले महिला क्रिकेट खेलाडीलाई प्लेटफर्म प्रदान गरेको र यसले कास्कीको क्रिकेट उकास्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रम कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो । यसैबीच, प्रतियोगिताको उपाधि भिडन्त भोलि सोमबार हुने भएको छ । कास्की ‘ए’ र कास्की ‘बी’ गरेर दुई टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने सचिव पुनले जानकारी दिए । प्रतियोगितामा बिजेता र उपबिजेता दुबैलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने सचिव पुनले बताए ।
पोखरा: गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेको छ । यसरी निर्माण भएका मुल आयोजक समिति र उपसमितिले आफ्नो जिम्मेवारीको कामलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ । अवार्ड अन्तरगतका चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा आर्चरीका किशोर कुमार गुरुङ्ग केके, टेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनार रहेका छन् । किशोर कुमार गुरुङ्ग केके-आर्चरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीले गण्डकी प्रदेशलाई अत्याधिक १३ पदक जिताउँदा किशोर कुमार गुरुङ्गले टोलि प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनकै प्रशिक्षणमा रहेको आर्चरी टिमले गण्डकीलाई ७ स्वर्ण, ४ रजत तथा २ कास्य सहित १३ पदक दिलाएको हो । नेपाल आर्चरी संघका केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले नेपालमै आर्चरी खेल भित्राएका आर्चरी संघ गण्डकीका अध्यक्ष बसन्त थकालीको भनाई छ । ६५ वर्षिया गुरुङ्ग सिंगापुर पुलिस फोर्समा रहँदा उनले त्यहाँ पनि यो खेल सिकाए । सन् १९९८ तिर सिंगापुरमै रहँदा भारतीय प्रशिक्षक लक्ष्मणबाट उनले यो खेल सिकेका हुन् । सिंगापुरबाट नेपाल आएपछि सन् २००४ मा उनले नेपालमा यो खेल सिकाउन सुरु गरे । उनको प्रशिक्षणमा नेपालले थुप्र्रै आर्चरी प्रतिभाहरु जन्माइसकेको छ । त्यसो त उनले आर्चरी भन्दा पहिला सुटिङ शुरु गरेका थिए । तर माओवादी द्वन्दका बेला यो खेललाई निरन्तता दिन नसकेपछि उनी सुटिङबाट आर्चरीतर्फ लागे । स्याँग्जा–१, आँधिखोलमा पिता स्व.लोकबहादुर गुरुङ्ग र माता स्व.सिजा गुरुङ्गको कोखबाट जन्मिएका किशोर हाल पोखरा–१५ लक्ष्मीटोलमा बसोबास गर्दै आएका छन् । निरज थापा-टेनिस झण्डै २ दशक अघि काठमाण्डौबाट पोखरा आएका निरज थापाले अन्ततः पोखरालाईनै घर बनाए । केहि समयका लागि भन्दै आएका उनले यहिं घरजम गरे । अहिले उनी आफ्ना दुई छोरा र अन्य थुप्र्रै शिष्य सहित पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा टेनिस सिकाइरहेको देखिन्छन् । निरजलाई पोखरेली टेनिस खेलाडीहरु ‘रसियन गुरु भन्ने गर्दछन् । २०५९ सालमा नदीपुरको रत्नश्री जिम टेनिस कोर्टमा उनले टेनिस सिकाउँदा पोखराका अग्रज टेनिस खेलाडीहरु समिर शेरचन, बुद्धि हिराचन, राजु श्रेष्ठ, अनिल गुरुङ्ग, बिनोद कायस्थ, दोर्जे लामा लगायत दश पन्ध्र जना त्यो कोर्टमा देखिन्थे । अल्लि समयपछि कुमार अधिकारी, महेश्वर तिवारी लगायतका केहि युवा खेलाडीहरु त्यहि कोर्टमा आए । अहिले कास्कीमा टेनिस प्रशिक्षकका रुपमा चिनिने अनिल शाहि, शक्ति शर्मा लगायतले निरजसंग ¥याकेट समात्न सिके । लगातार ४ वर्षदेखि नेपालको शिर्ष वरियता प्राप्त प्रदीप खड्का उनै निरजका चेला हुन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले ३ स्वर्ण, २ कास्य जित्दा निरज यो प्रदेशको प्रशिक्षक थिए । उनको प्रशिक्षणमा रहेका प्रदीपले यहि वर्ष पोखरामा सम्पन्न माछापुच्छ्र्रे बैंक राष्ट्रिय टेनिस, सिटिजन कप राष्ट्रिय ओपन तथा बुटवलको मेयर कप गरि ५ स्वर्ण पदक हाता पारे । थापाले छैठौं संस्करणको पोखरा स्पार्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकको उपाधि जित्न सफल भएका थिए । सुरज सुनार-आइटीएफ तेक्वान्दो ४ डान प्राप्त तेक्वान्दो प्रशिक्षक सुरज सुनारको प्रशिक्षणमा रहेको गण्डकी प्रदेशका आइटीएफ तेक्वान्दो खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १४ वटा पदक दिलाउँदा यो प्रदेशलाई सर्वाधिक मेडल दिलाउने खेल आइटीएफ तेक्वान्दो बन्यो । आइटीएफ तेक्वान्दोले यो प्रदेशलाई ५ स्वर्ण, ७ रजत तथा २ कास्य पदक दिलाएको हो । २०४५ सालमा बुवा तेजबहादुर सुनार र आमा भिमकुमारी सुनारको तीन भाई छोरा मध्ये कान्छा छोराका जन्मिएका सुरजमा सानै देखि यो खेलको भोक थियो । पोखरा–२९, पट्न्यारीका सुनारले २०६० सालबाट खेलाडीका रुपमा यो खेल शुरु गरेका हुन् । भण्डारढीकास्थित सैनिक आइटीएफ दोजाङमा प्रकाश थापा मगरलाई गुरु मानेर ‘गी’ लगाएका उनले ०६४ सालदेखि त्यहि दोजाङमा प्रशिक्षकका रुपमा आफुलाई उभ्याए । त्यहिबेला उनले भरतपोखरी तेक्वान्दो दोजाङमा पनि सयौं विद्यार्थी जन्माएका थिए । अहिले पनि उनीसंग सयौं खेलाडीहरु नियमित प्रशिक्षणमा आउने गर्दछन् । यसअघि उनले आइटीएफ जुनियरतर्फ राष्ट्रिय प्रशिक्षक, तथा आइटीएफ अन्र्तराष्ट्रिय रेफ्रीको भूमिंका पनि निर्वाह गरिसकेका छन् । खेलाडीका रुपमा पनि उनले थुप्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइसकेका छन् । अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षक सहित वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, , वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए । अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल, मझेरी रिर्सोट एण्ड स्पा, सहारा युके, सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ र लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ रहेका छन् । नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, बतास अर्गनाइजेसन, नेपाल मुआथाई संघ गण्डकी, बिजी ट्रेड लिंक, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, हाम्रो पोखरा सोफा होम लगायतले समेत सघाउने तय भैसकेको मञ्चले जनाएको छ । कार्यक्रमको थप आर्कषणमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत रहने मञ्चले जनाएको छ ।
पोखरा: खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले आगामी वैशाख २२ र २३ गते माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए । उनका अनुसार माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीको बराह माविको खेल मैदानमा दुई दिन प्रतियोगिता सञ्चालन हुनेछ । सो प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेता टिमले १५ हजार र सान्त्वना स्थान हाँसिल गर्ने समूहले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिल्डफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

