पोखरा: पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (फुटबल रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्त गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने छ । श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्याउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरेको बताए । उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको छ । सो प्रतियोगितामा ए, बि, सी डिभिजन फुटबल र फुटसल लिग खेलेका यू–२३ खेलाडीहरुपनि सहभागिता जनाउन पाउने छैनन् ।
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली र म्यानमारको राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । म्यानमारको यंगोन अन्तराष्ट्रिय रंगशालामा खेल नेपाली समय अनुसार खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । यि दुई टोलीबीच शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । अन्जन विष्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गर्ने मौका गुमाएका छन् । हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोल छ । अन्जनको १२ गोल छ । सोही खेलमार्फत त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पी जंग कार्की र जावलाखेल युथ क्लबका हिसुब थपलियाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । अर्को महिना लाओसविरुद्ध हुने विश्व कप छनोटको तयारीको सिलसिलामा नेपालले फिफा डेटमा मैत्रीपूर्ण खेल खेलेको हो ।
पोखरा: मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ । एन्फाका अनुसार मुख्य प्रशिक्षक गौरव बस्नेतले आज (आइतबार) १४ सदस्यीय टोली घोषणा गरेका हुन् । सो टोलीको गोलकिपरमा आशिष दंगल, सागर गुरुङ फिक्सोमा विजय श्रेष्ठ, सरोज तामाङ, साँजे स्याङ्तान, अलामा आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वोल शाही, रजत तिवारी, दिपेश घले र पिभोटमा सुजित बुढाथोकी, मणिकुमार लामा छन् । उनीहरुले मंगोलियामा हुने खेलमा सहभागिता जनाउने छन् ।
पोखरा: कास्की जिल्ला जिम्न्याष्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष एन शोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी, सहकोषाध्यक्षमा अर्जुन गुरुङ, तथा सदस्यहरुमा मीनबहादुर थापा, सुवर्णराज पन्त, पविन बास्तोला, दिपेश राना, रामबहादुर क्षेत्री, मुना लामिछाने र बालकुमारी गुरुङ रहेका छन् । कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल जिम्न्याष्टिक्स संघकाँँ केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, निर्वाचन समति सदस्य केशवशरण पौडेल, राजु कायस्थ र राजु केसीले सपथ खुवाएका थिए । कार्यक्रममा कास्की जिल्ला जिम्याष्टिक्स संघका सचिव प्रकाशचन्द्र सापकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष थमन बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मत पास गरेको थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष ध्वजकुमार गुरुङले अव हुने दशौ राष्ट्रिय खेलकुद महोत्वसलाई लक्षित गरेर खेलाडी उत्पादन गर्न सुझाव दिए । ‘सुस्ताएको जिम्न्याष्टिकलाई चलायमान गराएर कास्कीमा पनि जिम्न्याष्टिक खेल छ है भन्ने अवस्था तपाईहरुले ल्याउनुभएको छ’ उनले भने, ‘अव यहाबाट खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्न अवस्था ल्याउने दायित्व संघको काधमा आएको छ ।’ उनले जिम्याष्ट्रिका हरेक गतिविधिमा प्रदेश खेलकुद परिषदले समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाए । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले संघले गरेका गतिविधि उदाहरणीय भएको बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारीले संघका हरेक गतिविधिमा अभिभावकत्व ग्रहण गर्ने बताए । नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङले नयाँ कार्यसमितिले अझै उत्कृट कार्य गरेर अगाडि बढ्न सुझाव दिए । कास्की जिल्ला जिम्न्याष्टिक्स संघका सल्लाहकार केशवशरण पौडेलले विद्यालय जिम्न्याष्टिक्स संघमा रहेर काम गरेको अनुभव सुनाउदै खेलाडी उत्पादन गर्न कास्कीमा रहेका निजि तथा सामुदायिक विद्यालयमा जिम्न्याष्टिक्स सिकाउनु पर्ने उल्लेख गरे । कास्की जिल्ला जिम्न्याष्टिक संघका कार्यवहाक अध्यक्ष राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चाल गरेका थिए ।
पोखरा: हरितालिका तीजको अवसरमा पोखरा लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । नव आदर्श सामुदायिक विकास समाजले भदौ २९ देखि असोज १ गतेसम्म हरितालिका तीजको अवसरमा १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए । उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ । १० औं संस्करणको लामाचौर कपमा आयोजित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दुवै विधामा सहभागिता नजनाउने आयोजकले जनाएको छ । यस्तै एसियन च्याम्पिनसिपको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला तथा पुरुष खेलाडीले यस प्रतियोगितामा सहभागिता हुने छैन । महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफक्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता जनाउने छन् । यस्तै दोस्रो संस्करणको पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता जनाउने छन् । ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १ सय ११, दोस्रो हुने समूहले ३० हजार १ सय ११ र तेस्रो हुने समूहले २० हजार १ सय ११ र सान्त्वना हुने समूहले १० हजार १ सय ११ पुरस्कार प्राप्त गर्नेछन्, भने सहभागि समूहलाई प्रोत्साहन स्वरुप २ हजार भत्ता उपलब्ध गराउने आयोजकले जनाएको छ । तीज महोत्सवमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १ सय ११, दोस्रो हुने समूहले २५ हजार १ सय ११, तेस्रो हुने समूहले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन समूहले ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भदौं २९ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने तीज महोत्सवमा २९ गतेदेखि पुरुष भलिबल प्रतियोगिता सुरु हुने संस्थाका प्रथम उपाध्यक्ष एवम् संयोजक भण्डारीले बताए । ‘लामाचौर कप’ दर्शकलाई पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन २ सय र फाईनल खेल सञ्चालनको दिन ३ सय रुपैयाँ टिकट शुल्क कायम गरेको छ भने, ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ । आयोजकले भलिबल कोर्टमा खेल सञ्चालन भइरहेको समयमा रेफ्री र खेलाडीलाई बोतल प्रहार भएको घटनापछि दर्शकलाई यसपटक हेल्मेट र पानीको बोटल लैजान निषेध गरेको छ । भलिबल कोर्टसँगै प्याराफिटमा नै दर्शकलाई पानीको व्यवस्था गर्ने आयोजकले जनाएको छ । तीज महोत्सव एवम् लामाचौर कपमा करिव ५२ लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ ।
पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ५ गते शनिबार आयोजना हुने नेपालकै जेठो म्याराथन ‘१८ औं पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ । पोखरा म्याराथनमा सहभागि हुने खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने छन् । १८ औं संस्करणको दर्ता प्रक्रिया माघ १७ गते सम्म हुनेछ । सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटि, कृषि बिकाश बैंक ली।, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् । त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, वोष्टनरन्यू ह्याम्पशायर नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, चन्द्र गुरुङ अस्ट्रेलिया, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङ, हिमा अस, केल्मी, एक्सटेप नेपाल स्पोर्टस वेयरलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् । त्यसै गरि १८ औं संस्करणको खुल्लातर्फको प्रथम पुरस्कार राशी नगद रु ५ लाख पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष तुलसी कुमार गुरुङले प्रदान गर्ने घोषणा गरेका छन् । त्यसै गरि १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ‘च्यारिटी रन’का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट एक टोली पोखरा आउने भएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । उनी यूवा खेलाडी उत्पादनका लागि मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भए संगै यसले विश्वको ध्यान खिच्न सफल भएको बताउँदै अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत अहम भूमिका खेलेको बताए । उनले भने–“यो म्याराथन आयोजनाले मुलुकको समृद्धिमा भूमिका खेलेको छ । १८ औं संस्करणमा सबै कुरा सहज भयो भने ५० भन्दा वढि देशका धावक पोखरा आउने छन् ।” पोखरा म्याराथनको रुट समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट रहेको र विश्वका ठूला शहरमा आयोजना हुने जस्तै गरि पोखरा म्याराथन संधै चर्चामा हुने गरेको अध्यक्ष पराजुलीले बताए । “यो हाम्रो लागि खुसीको विषय हो । अग्रज खेलाडीहरुले राष्ट्रको खेलको लागि मात्रै पसिना बगाएका छैनन् । उनीहरुले संस्था समेत स्थापना गरेर खेलकुदमा योगदान दिएका छन् भन्ने उदाहरण लाई स्थापित गरेको छ”, उनले भने । १८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भने पुरस्कार राशीमा कुनै फेरबेदल नगरिएको मञ्चले जनाएको छ । म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु हुने गरेको छ ।
काठमाडौं: आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो । नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।
पोखरा: विश्वकै अग्लो उचाइमा रहेको दाबी गरिएको मुस्ताङको लोवाथाङ मुस्ताङ गल्फ कोर्समा भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुने भएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित मुस्ताङ लोवाथाङ मुस्ताङ गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुन लागेको जानकारी दिएको हो । खेलकुदलाई पर्यटनसँग जोड्नका लागि लोवाथाङमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर दोस्रो संस्करणको गल्फ च्यालेन्स आयोजना गरिएको पूर्व प्रदेश सांसद इन्द्रधारा विष्टले बताए । ‘वर्षायाममा पोखरा लगायत तल्लो क्षेत्रमा, असार देखि असोजसम्म गल्फको मौसम छैन, यसैलाई ध्यान केन्द्रीत गर्न मुस्ताङ पुग्ने पर्यटकलाई जोड्न पनि गल्फ कोर्स निर्माण गरेका हौं, विष्टले भने, ‘खेलकुदलाई पर्यटनसँग जोड्ने हाम्रो लक्ष्य छ त्यसैलाई पूरा गर्न दोस्रो संस्करणको गल्फ च्यालेन्ज आयोजना गर्दै छौं ।’ उनले दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भएपछि भारतको पूर्वी सिक्किममा रहेको याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्ने बताए । ‘लोवाथाङ स्थित मुस्ताङ गल्फ कोर्स समुन्द्र सहतबाट ४६४५(१५२३९.५ फिट) उचाईमा रहेको छ’, उनले भने, ‘यस कोर्समा दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भए, भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको (३९७०) याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्दै विश्वको उच्च उचाईमा रहेको गल्फ कोर्सको रुपमा दर्ज हुनेछ ।’ भारतको पूर्वी सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्स मानिदै आएको छ । लोवथाङस्थित मुस्ताङ गल्फ कोर्समा दोस्रो संस्करणको गल्फ कोर्स सम्पन्न भए ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाईमा दावी गर्दै ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज गर्ने तयारी गरिएको छ । भदौं ३० गते हुने दोस्रो संस्करणको गल्फ च्यालेन्समा काठमाडौं, पोखरा धरान र बुटवल लगायतका ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् जसमा ४ जना महिला रहेको आयोजकले जनाएको छ । इभेण्ट नौ होलमा ३÷४ ह्याण्डि क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बरावरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने पूर्वसांसद विष्टले बताए ।
काठमाडौं: आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेता बन्यो । आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । दुई देशको समान ९/९ अंक भए पनि युएई नेटरन रेटमा अघि रहेकाले समूह विजेता भयो । यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । यो खेलको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

