कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:   । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ ।   रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।   योसँगै रुस युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २५ पुगेको छ ।   परराष्ट्र मन्त्रालय श्रोतका अनुसार रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भइ युक्रेनसँगको युद्धका क्रममा युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ ।   यसरी कब्जामा रहेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने छन् ।   नेपाल सरकारले लगातार प्रयास गरिरहेको भएपनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्याङक रुसी सरकारले नेपाललाई दिएको छैन ।   नेपाल सरकारले रुसी सरकारलाई पटकपटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ दिन आनाकानी गरेको हो ।   सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रुपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।   यसैबीच रुस मामिलामा भइरहेको घट्ना र अहिले उत्पन्न संकटका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा गठन भएको एक उच्च स्तरीय कार्यदलले काम गरिरहेको छ ।

पोखरा:  पोखरामा जारी यू – १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्र्तगत बुद्धिचालका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।    पोखरामा जारी बुद्धिचाल प्रतियोगिताको छात्रा तर्फको पहिलो चरणको खेलमा बाग्मती विजयी भएको छ । बाग्मतीले कोशीलाई ३ अंकले जितेको हो ।    छात्रातर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो । त्यस्तै गण्डकी प्रदेश र सुदुरपश्चिम बिच भएको खेलमा सुदुरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो ।   पहिलो सेटमा कर्णालीले बाइ पाएको थियो ।    हिजो नै सम्पन्न भएको छात्रातर्फको दोस्रो चरणको खेलमा गण्डकी,लुम्बिनी र बाग्मती विजयी भयो । सुदुरपश्चिम प्रदेशले बाइ पाएको थियो ।    यो पनि पढ्नुहोस   पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए   बु​धबार नै भएको छात्रातर्फको तेश्रो राउण्डमा लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेश विजयी भए । बाग्मती प्रदेशले बाइ पायो ।    यस्तै बुधबारनै सम्पन्न भएको छात्रतर्फ खेलमा बाग्मती प्रदेश विजयी भएको छ । बाग्मतीले कोशी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । अर्को खेलमा लुम्बिनी प्रदेशले जित हाँसिल गर्यो ।    लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंकले पराजित गर्दै विजयी भएको हो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिम विजयी भयो । उसले गण्डकी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । उक्त राउण्डमा कर्णालीले बाइ पायो ।  बुधबार नै सम्पन्न भएको दोश्रो चरणको खेलमा गण्डकी, लुम्बिनी, बाग्मती विजयी भयो । उक्त राउण्डमा मधेश प्रदेशले बाइ पायो ।     तेश्रो राउण्डमा लुम्बिनी प्रदेश विजयी भयो । उसले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्दै जित हाँसिल गरेको हो । गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ अंकले पराजित गर्दै विजयी भयो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिमले सोझो सेटमा मधेश प्रदेशलाई पराजित गर्यो  । बाग्मती प्रदेशले बाई पायो ।    आज प्रतियोगिता अन्र्तगतको बुद्धिचालमा तीन चरणका खेलहरु जारी रहेका छन् । 

पोखरा:  कम्बोडिया, न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाउने भन्दै ३ सय जना भन्दा बढी व्यक्तिहरुबाट करिब १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिका–८ घर भई पोखरा महानगरपालिका–९ लखनचोक बस्ने २२ वर्षीय नवीन विक र कास्की पोखरा महानगरपालिका–८ घर भई चितवन भरतपुर महानगरपालिका–८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन् ।    उनीहरुले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक संजालमा फेक आइडि प्रयोग गरी वैदेशिक रोजगारीमा कम्बोडिया,  न्यूजिल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने र आकर्षक तलब, भत्तासहितको व्यवस्था हुने भन्दै विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आएका व्यक्तिहरूलाई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।    घर, व्यापार, व्यवसायको कारोबार गर्ने कार्यालयमा मासिक ३० देखि ४० हजार रूपैयाँसम्म तलब हुने एकाउन्टेन्टको जागिर दिएका व्यक्तिहरूको बैंक खातामा विदेश जान सम्पर्कमा आएका मानिसहरूबाट रकम जम्मा गर्न लगाई उक्त रकमहरू चेकबाट निकाल्न लगाएर राजकुमार लगायतलाई भेटेर नगदै तथा विभिन्न खाताहरूमा ट्रान्जेक्सन गर्न लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।    उनीहरूले भिसा प्रोसेसिङ भइरहेको भन्दै भिसा, वर्क पर्मिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका फेक कागजातहरू देखाई टिकट र डलर साट्ने भन्दै प्रति व्यक्ति ५ लाख देखि १० लाखका दरले रकम उठाएर सम्पर्क विहिन हुने गरेको र विगत ३/४ वर्ष देखि हालसम्म १५ करोड भन्दा बढी रकम ठगी गरेको खुल्न आएको प्रहरीको निष्कर्ष छ ।    हाल पक्राउ परेको उनीहरुविरुद्ध ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।   तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।   लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर बुटवल–१३ बंदेलपोखरी माथिको सडकबाट करिब सय मिटर तल खसेको थियो ।     दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिए ।   दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ ।

पोखरा:    पृथ्वीनारायण क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा २ जना महिलाहरुलाई कुटपिट गरी उनीहरको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा महिलालाई कुटपिट गरी उनीहरुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको हो ।  आइतबार क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलालाई अपरिचित व्यक्तिहरुले लछारपछार गरी खुकुरी समेत प्रहार गरी घाइते बनाएर उनीहरुको मोबाइल चोरी गरेको आरोपमा पोखराका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।  उनका अनुसार चोरी भएको मोबाइलसहित पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय सागर नेपाली र २१ वर्षीय सुजित नेपाली रहेका छन् ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध कसूरमा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् ।   बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो ।    पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले पराजित ग¥यो ।   मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई २–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे ।   यस्तै कर्णालीले गण्डकी प्रदेशलाई २–० स्कोरले पराजित गर्न सफल भयो ।    यो पनि पढ्नुहोस   पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात   महिलातर्फ ३ खेल बराबरीमा सकिँदा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १–० स्कोरले पराजित ग¥यो । महिलातर्फ गण्डकी र बागमती, मधेश र कोशी तथा सूदुरपश्चिम र गण्डकी बराबरीमा रोकिए ।   यी तीन खेलमा दुवैतर्फबाट स्कोर हुन सकेन । महिला र पुरुष दुई इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका छन् । 

पोखरा:   दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।   पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल (बिहान ९ बजे) मा  रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्नेछन् ।   उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गर्रे सह–संयोजक गुरुङले बताए ।    सो प्रतियोगितामा पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको बताउदै विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

पोखरा:  पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ ।   पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो ।   मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा हारेको खैटु र शाक्यको जोडीले रजत पदक हासिल गरेको हो ।   सेमीफाइनलमा जयश्नु महर्जन र सुरम्य शाक्यको जोडीले कोशी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरलाई पराजित गरेको थियो । भने, नर्मदा खैटु र रीजन शाक्यको जोडीले लुम्बिनी प्रदेशका सुबिन क्षेत्री र सचिना पुरीको जोडीलाई हराएको थियो । सेमीफाइनलमा पराजित कोशी र लुम्बिनी प्रदेशका खेलाडीले कास्य पदक प्राप्त गरे ।   यो पनि पढ्नुहोस   पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात   छात्र डबल्समा पनि स्वर्ण र रजतका बागमती प्रदेशका खेलाडी नै भिडेका थिए । जसमा जयश्नु महर्जन र आर्यन शाहीको जोडीले रिजन शाक्य र एरिस शाक्यको जोडीलाई ३–१ सेटमा पराजित गर्दै स्वर्ण पदको हात पारेको हो ।   ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा हारेको शाक्य जोडीले रजत पदकमा चित्त बुझाउनुप¥यो ।   छात्र डबल्समा महर्जन र शाहीको जोडीले गण्डकीका दिपनिसा शाही र स्वर्णिम तिमिल्सिनाको जोडीलाई हराएको थियो । भने, शाक्य जोडीले कोशीका सुशान्त मेहता र गौतम तामाङको जाडीलाई पराजित गरेको थियो । सेमीफाइनलमा गुमाएको गण्डकी र कोशी प्रदेश यो विधामा कास्यमा सिमित भयो ।   छात्रा डबल्समा पनि बागमतीका सुरम्या शाक्य र नर्मदा खैटुको जोडीले प्रान्जा महर्जन र आर्सना महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराएर स्वर्ण पदक जितेको हो । भने, महर्जन जोडीले रजतमा चित्त बुझाउनुप¥यो ।   सेमिफाइनलमा शाक्य र खैटुको जोडीले लुम्बिनीका सचिना पुरी र रोशनी बरालको जोडीलाई पराजित गरेको थियो । भने, महर्जन जोडीले गण्डकीका राजश्री अधिकारी र साक्रिया पोखरेलको टिमलाई हराएको थियो । यो विधामा गण्डकी र लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।   प्रतियोगितामा टेबल टेनिसतर्फ छात्र सिंगल र छात्रा सिंगलतर्फ २ स्वर्ण, २ रजत र ४ कास्यका लागि खेल भइरहेको छ ।   टेबल टेनिसमा प्रत्येक प्रदेशबाट ४ छात्र ५ छात्रा गरी ८ जना खेलाडी सहभागी छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेल भइरहेको छ । 

पोखरा:    पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन (पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।   पोखरा महानगरपालिका वडा ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।   तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयबासी एवम् सरोकारवाला निकायको प्रतिनिधिसहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराए ।   कोत्रे–भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढीरहेपनि राजमार्ग निर्माण भैरहँदा शाखाबाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए  ।    विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यसमार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उनले बताए ।   उनका अनुसार सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भैरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिन भित्रमा हटाउनका लागि सूचनासमेत गरिएको छ ।   पोखरा महानगरपालिका ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवम् संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राखे ।   तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा एवम् नमुना शान्ति मार्गका सचिव राजन खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवीहरू खेम पुन, प्रकाशचन्द्र पागल, शिबबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिष्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।