पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं:     ‘आच्छा लाहुरे जुलपी पाले, ठिक लाहुरे इज्जतै नफाले’ गत वर्षको तीज आसपासको सिजनमा निकै सुनिएको हेरिएको गीत हो ।  गत वर्ष सन् २०२३ अगष्ट २ तारिखमा रेशम राज अफिसियल युटुटयुव च्यानल मार्फत संगीत बजारमा आएको थियो । जुन गीत अहिले (समाचार तयार गर्ने बेलासम्म ० ३७ लाख ७५ हजार पटक बढी हेरिएको छ ।  गायक रेशम राज सुनार र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीत गत वर्षको सर्वाधिक चर्चा पाएको मध्ये एक हो । अमित सुनारको शब्द, नन्दु परियारको संगीतमा सझिएको गीतले सामाजिक सञ्जालका विभिन्न प्लेटफमहरु तताएको थियो ।  सोही गीत मार्फत रेश राजले देश तथा विदेशमा अत्याधिक चर्चा पाएका थिए । उनै गायक रेशमले यो वर्षको तीज लक्षित गरि फेरि संगीत बजारमा अर्को कोशेली लिएर आएका छन् । उनले बहुचर्चित गायिका मेलिना राईसँगको संयुक्त आवाजमा ‘मायाको रुपै रामो’ बोलको गीत बजारमा ल्याएका छन् ।  जुन गीत नेत्र अर्यालले लेखेका हुन् भने नन्दु परियारले संगीत भरेका छन् । एचविएन किस्मतद्वार संगीत सम्योजन गरिएको उक्तको म्युजिक भिडियो अहिले सामाजिक संजाल फेशबुकको रिल्स, टिकटक लगायतका माध्यमबाट धेरै दर्शक श्रोता माझ पुगेको छ ।    ‘मायाको रुपै राम्रो’ गीतको म्युजिक भिडियोमा जुन सुन्दास र सुन्दर एसडीएसलाई मुख्य अभिनयमा देख्न सकिन्छ । रेशमले आफ्नै यूट्युव च्यानल मार्फत बजारमा ल्याएका हुन् । गायक रेशम राज अहिले जापानमा कार्यरत छन् । जापानलाई कार्मथलो बनाए पनि नेपाली गीतसंगीत प्रति उनको लगाव निकै पाइन्छ । प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा उनको निकै झुकाव देखिन्छ । उनले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । बागलुङको गलकोटमा जन्मिएका रेशम राज विशेषगरि नेपाली मौलिक गीत संगीत सृजनामा रुची राख्छन् ।  गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘मायाको रुपै राम्रो’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । उनी गीत गाउनकै लागि छुट्टी मिलाएर नेपाल आउने गरेका छन् ।  बिदामा नेपाल आएका बेलामा नै उनले धेरै बजारमा ल्याउने गरेका छन् । केही सातामात्रै जापाना फर्किएका गायक रेशमले चर्चित कार्यक्रम साराङ्गी संसारमा पनि गायिका निर्जला गुरुङसँग प्रत्यक्ष दोहोरो गाएका छन्, जुन यति बेला निकै चर्चामा समेत छ।

म्याग्दीको मालिका, मंगला र धवलागिरी गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ ।   नेपाल स्वास्थ्यको लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाहरुबाट सात हजार सात सय ६२ जनसंख्या लाभान्वित भएका छन् ।   कुल रु. पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ को लागतमा खानेपानी आयोजनाहरु निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।   नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुुसार आयोजनाको कार्यक्षेत्रका सबै घरधुुरीमा निजी धाराका साथै विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा पनि थप १९ धारा जडान गरिएको छ ।   मालिका गाउँपालिका–२ को ठूलोरुममा दुई सय ७०, कलात भनारीमा ७३ र बिलवाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको मालिका–२ का वडाध्यक्ष उदय बुढाथोकीले जानकारी दिनुभयो ।   मालिकाकाको बिम डाँडागाउँ, दास, सिरेदी खोप्टी र जनप्रिय माध्यमिक विद्यालयमा निर्माण भएको खानेपानी आयोजनाबाट २३६ धारा जडान भएको छ ।   धवलागिरी गाउँपालिका–२ को लमसुङ र वडा नं. ४ खाम्लामा १०८ घरधुरीमा खानेपानी जडान भएको छ ।   मंगला – १ खानीगाउँमा ३७, वडा नं. २ खुम्लीया, ¥यालेखोर, भाइवाङका १०० र हिदीका ६४ घरमा निजी धारा जडान भएको नेवाका प्राबिधिक गोर्खबहादुर शाहीले बताउनुभयो ।   नेवाले रु. दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ र स्थानीय तहहरुले रु. एक करोड २५ लाख ९३ हजार २३ लगानी गरेका छन् ।   रु एक करोड ४८ लाख ६६ हजार चार सय ४० बराबरको श्रमदान गरेका उपभोक्ताहरुले रु. २७ लाख १५ हजार चार सय १५ नगद लगानी गरेका नेवाले जनाएको छ ।   हिदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले घरघरका धारामा पानी आउन थालेपछि सार्वजनिक धारा, कुवा, पधेरामा धाउदा हुने समयको बचतको साथै सहज भएको बताउनुभयो ।   व्यवस्थित रुपमा वितरण भएपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ । पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकता अनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् ।

बुटवल:    सडकमा जुधिरहेका छाडा चौपायाले कुल्चिँदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् ।   गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चिँदा ज्यान गएको हो ।   इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका  अनुसार  सडकमा जुधिरहेका २ वटा साँढेले बाटो हिँडिरहेकी सीतालाई कुल्चिएको थियो ।     घटनापछि गम्भीर घाइते भएकी सिताको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक  उपचारकै क्रममा मृत्यु भएको हो ।   बुटवल लगायत देशका मुख्य शहर पोखरा, नेपालगञ्ज, विराटनगरमा पनि छाडा चौपायाहरुकै कारण ट्राफिक व्यवस्थापनमासमेत सकस बढ्दै गरेको छ ।      

वालिङ:   स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ ।   आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव २०८०/८१ मा स्याङ्जाबाट नौ हजार चार सय ८७ जनाले नागरिकता लिएका थिए ।   सोही अवधिमा चौध हजार आठ सय २२ जनाले राहदानी लिएका छन् ।   जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल १५ हजार एक सय ९३ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो ।   गत आवमा राहदानी बनाएकामध्ये तीन सय ७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उहाँले बताउनुभयो । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ ।   जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता चार हजार नौ सय चार वितरण गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट चार हजार पाँच सय ८३ नागरिकता वितरण भएका थिए ।   दुवै कार्यालयबाट गत आवमा कूल नौ हजार चार सय ८७ नागरिकता वितरण भएका थिए । स्याङ्जाबाट वैवाहिक अङ्गीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताउनुभयो ।   स्याङ्जाबाट १९ र वालिङबाट पाँच वैवाहिक अङ्गीकृत नागरिकता वितरण भएका थिए ।   कूल चौध हजार आठ सय २२ राहदानीमध्ये स्याङ्जाबाट सात हजार चार सय ४३ र वालिङबाट सात हजार तीन सय ७९ वितरण भएका थिए ।   “जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्”, उहाँले भन्नुभयो, “अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो ।”

काठमाडौँको खुल्लामञ्चको स्तरोन्नतीक्रममा माटो सम्याउँदै काठमाडौँ महानगरको डोजर ।   तस्बिर: प्रदीपराज वन्त /रासस

तनहुँ:    तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।       जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेङ्गी पुष्टि भएको छ ।       जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेङ्गी पुष्टि भएको हो । डेङ्गी सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ ।  शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गी परीक्षण गरिएको छ ।  एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गीको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो ।       पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।  गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित भएका थिए । जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेङ्गी सङ्क्रमणबाट मृत्युसमेत भएको थियो ।       व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनि समयमै घर वरपर जमेका पानीका खल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो ।  उहाँका अनुसार १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको छ       जिल्लाका १० मध्ये तीन स्थानीय तहमा डेङ्गीका बिरामी देखा परेका छन् । आँबुखैरेनी, शुक्लागण्डकी र व्यास नगरपालिकामा डेङ्गीका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो ।  डेङ्गी बिरामी बढ्दै गएपछि यस क्षेत्रमा सरसफाइका साथै स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ । ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, विद्यार्थीलाई सचेत गराई लामखुट्टे रहनसक्ने ठाउँमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडी फाँड्ने, टायर हटाउने, गमला व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।        “विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम अगाडि बढाइएको छ”, सूचना अधिकारी कँडेलले भन्नुभयो । विपद् व्यवस्थापनको महामारीलाई ध्यानमा राखी सरोकारवाला निकायबीच बृहत् छलफल गरिएको छ ।  शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गीका बिरामी बढ्दै गएपछि उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरिएको केन्द्र प्रमुख डा रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डेङ्गीका बिरामीको उपचारका लागि १५ शय्याको व्यवस्था गरिएको छ ।

पोखरा:     नेपाल आइडल सिजन-५ का विजेता करण परियार र मोटिभेस्नल स्पिकर रोहित मल्ल पोखरा आउने भएका छन् ।  रोहित मल्ल मोटिभेस्नल स्पिकरका रुपमा पोखरा आउन लागेको हुन् भने करण सम्मान थाप्न पोखरा आउन लागेको नेकपा एमाले कास्की जिल्लाका सचिव दर्शन लामाले जानकारी दिए । साउन २८ गते अन्तर्राष्ट्रिय  युवा दिवसको अवसरमा नेकपा एमाले कास्की जिल्लाले ‘अघि बढ्छ युवा’ नामक कार्यक्रम गरेर एक दर्जन युवाहरुलाई सम्मानसँगै अन्य कार्यक्रम गर्दैछ ।  सोही कार्यक्रममा करणसँगै नेपाल आइडलकी फस्ट रनरअप सलोमी गुरुङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर विकास गौचन र अधिवक्ता कुञ्जनी परियार प्यासी लगायतलाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक लामाले जानकारी दिए । कार्यक्रम पोखरा ८ न्यूरोडका सिटी स्क्वायरमा २८ गते दिउँसो ३ बजेदेखि सुरु हुने लामाले जानकारी दिए । उनका अनुसार गीत–संगीत, खेलकुद र विविध क्षेत्रका युवालाई सम्मान गर्ने कार्यक्रमसँगै अन्य क्षेत्रका सम्भावनाबारे बहस र अनुभवी युवाबाट ‘आत्म मन्थन’ समेत हुने छ । कार्यक्रममा राष्ट्रियता भल्कने गीत प्रस्तुत गर्ने जनाइएको छ । यस्तै, चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे प्रस्तुती दिनेछन् भने अस्मित कलेजकी कोडिनेटर शुष्मा रञ्जित र गण्डकी विश्वविद्यालयका डिन डाक्टर कपिल अधिकारीले युवासँग विज्ञानका कुरा गर्नेछन् । कार्यक्रममा साहित्यकार निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ । यस्तै, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायिक यात्राका बारेमा बताउनेछिन् ।  उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायिक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने बारेमा आफ्नो भनाइ राख्नेछिन् । यस्तै, रोहित मल्लले भने युवाहरुलाई उत्प्रेरक वक्तव्य दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए । युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन नसकेको अवस्थामा कसरी नेपालमा युवालाई उद्यमी बनाउने भनेर ‘कि नोट’ प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको लामाले जानकारी दिए । राजनीतिक अस्थिरताले युवामा नैराश्यता पैदा भइरहेको बेला युवा दिवसको अवसरमा विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका व्यक्तित्वहरुको प्रस्तुती र मोटिभेस्नल कार्यक्रम गर्न लागिएको लामाले बताए ।  मोटिभेस्नल कार्यक्रमसँगै अहिलेका बहुचर्चित कलाकारहरुले सांगीतिक प्रस्तुती र गजल वाचन समेत गर्ने तालिका छ ।  कार्यक्रममा ५ सय जनाभन्दा बढी युवाहरुको सहभागिता हुने अनुमान रहेको लामाले सुनाए ।

काठमाडौं:    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ ।       मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।       लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

म्याग्दी:    पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।      पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।   बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम मोलेर पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।      पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबार साँझदेखि अवरुद्ध भएको हो ।   यस सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।      यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताउनुभयो ।        पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् ।   यात्रुहरु जोखिम मोलेर पैदल नै आआफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।      धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङमा हरिकृष्ण पौडेलले बताउनुभयो ।   ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।      “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो त बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।