काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

तनहुँ:    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको थियो । दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो ।  प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ । यसैगरी बसको पछाडिपट्टि बि ४६५० नम्बरको कार ठोक्किएको थियो ।  पुलबाट बस खस्दा ११ घाइते पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट आज बस खस्दा ११ जना घाइते भएका छन् ।  मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो ।  घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पु¥याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यस ठाउँमा नयाँ र पुरानो दुई वटा पुल छन् । बीचमा ग्याप छ । बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ ।”

पोखरा:   गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा मंगलबार भएको संघको प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश गुरुङ निर्वाचित भएका छन् ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेशा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो । पलेशालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने अवस्था अब अन्त्य हुने स्पष्ट गर्नुभयो । “मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँ नयाँ सफलता र कीर्तिमान ९रेकर्ड० कायम गर्नुपर्छ । पुराना रेकर्डहरू तोड्दै जानुपर्छ । म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु,” परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेम लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस्  भन्न चाहन्छु ।” प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रका संस्थाहरू लोकतान्त्रिक रुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाडीलाई सम्मान वितरण गरिएको थियो ।

म्याग्दी:    चिप्लिएर कुनै दुर्घटना भयो भने सिधै खोलामा खसिन्छ । माथि उक्लन शरिरमा बाँधेको डोरीको समाउनुपर्छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने जोखिमयुक्त बैसरी अधेरीखोलाको भिरमा डेढ महिनादेखि पहिरो रोकथामका लागि रक एंकरिङ गर्ने कामको नेतृत्व गरिरहेकी गौमती बुढामगरको दौडढुप, साहस र सक्रियतालाई अक्करे भिरले छेकेको छैन् ।   ‘‘बर्खायाममा निरन्तर खसीरहने पहिरोमा पहिलो पटक अवलोकन गर्दा काम गर्न कठिनाइ हुन्छ कि भन्ने लागेको थियो,” उहाँले भन्नुभयो “पहिरोभित्र चट्टान भेटिएपछि रोकथाम गर्न सकिन्छ भन्ने लागेर कामको जिम्मा लिएको हुँ, अहिले पर्खाल निर्माण भैसकेको क्षेत्रमा पहिरो खस्न रोकिएको छ । पहिरोको दिगो रोकथामको लागि थप पूर्वाधार निर्माणको काम भैरहेको छ ।”           बेनी–जोमसोम–कोरला सडक आयोजनामा गजुरमुखी निर्माण कम्पनीको सहायक ठेकेदार बनेर गौमतीले सडक बनाउने काम गर्दै आउनुभएको छ । उहाँले अहिले ३० जना मजदुरहरुलाई दैनिक रुपमा काममा लगाउने गर्नुहुन्छ ।       महिलाको नेतृत्वमा भिरबाट खस्ने पहिरोमा ‘रक एंकरिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम अन्तिम चरणम पुगेको । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत कामको जिम्मा लिनुभएकी बुढाथोकी कामको चाँजोपाजो मिलाउने मात्रै होइन, भिरमा चढेर चटान काट्न र रडलाई पहाडमा घुसाउन समेत आफै पहिरोमा खटिने गर्नुहुन्छ ।       बैसरी अधेरीखोला क्षेत्रको पहिरो रोकथामको लागि करिब एक सय मिटर लम्बाइको रक एंकरिक प्रविधिको पर्खाल निर्माण गरिएको उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव ईञ्जिनियर सोहनजंग कार्कीले बुढाथोकीको साहासका कारण पछिल्लो दुई वर्षयता दुःख दिइरहेको बैसरीको भिरमा पहिरो रोकथाम सम्भव भएको बताउनुभयो ।       “भिरमा जोखिम मोलेर काम गर्न धेरै निर्माण ब्यवसायी पछि हटेको अवस्थामा गौमतीले आफै फिल्डमा खटिएर एक एंकरिङ गर्नुभयो,” उहाँले भन्नुभयो “आफै ड्रिल, बलास्टिङ गर्ने गौमतिको सिप, अनुभव र क्षमताले कल्पना नगरेको ठाउँमा पहिरो रोकथाम गर्न सम्भव भयो ।”      रोल्पाको सुनछहरी गाउँपालिका–३ बाहिरी गाउँकी ३८ वर्षीय बुढाथोकीले अक्करे भिर पहाडमा सडक खन्ने, विस्तार गर्ने र पहिरो रोकथाम गर्ने काम गर्दै आएको १० वर्ष भएको छ ।  बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभिले अप्ठेरो काभ्रेभिरको पहाड काट्ने र रक एंकरिङ गरेर सडक फराकिलो बनाउने तथा पहिरो रोकथाम गर्ने कामको जिम्मा बुढामगरलाई दिएको सो कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो ।       “गौमतिकै नेतृत्वमा अक्करे भिर काभ्रेभिरको डिलतर्फ रक एंकरिङ गरेर पक्कि पर्खाल बनाएर सडकलाई पराकिलो बनाइएको थियो,” उहाँले भन्नुभयो । यस अघि अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण भएको मिस्त्रीखोला, निलगिरी र घलेम्दीखोला जलविद्युत आयोजनको पहँुचमार्ग खन्ने क्रममा समेत अक्करे पहाडमा बुढाथोकीले नै नेतृत्व गरेर काम गर्नुभएको थियो ।      कमजोर आर्थिक अवस्थाका कारण शसस्त्र द्धन्द उत्कर्षमा पुगेको समयमा १६ वर्षको उमेरमा काम खोज्दै जन्मथलो छोड्नुभएकी गौमतीको अहिले आफ्नै निर्माण कम्पनी युवराज कन्ट्रक्सन छ । सुरुवातमा मजदुर र नाइके भएर पूर्वाधार निर्माण क्षेत्रमा काम गर्नुभएकी गौमतिले श्रीमानलाई समेत व्यवसायमा संलग्न गराउनुभएको छ ।       कपिलबस्तुमा घरजग्गा जोडेकी गौमतिले दुई जना छोराहरुलाई सासु ससुरासँगै घरमा राखेर पढाउनुभएको छ । भिर र पहिरोमा ज्यानको जोखिम मोलेर महिलाको नेतृत्वमा रक एंकरिङको काम सफल भएको दृष्यले गौमतीको संघर्ष र सफलताको वास्तविकता देखाउँछ ।  पूर्वाधार निर्माण र अझ त्यसमा पनि भिर र पहिरोको जोखिममा पौठेजोरी खेल्नु सामान्य नभएपनि अप्ठेरो र जोखिमयुक्त ठाउँमा काम गर्नु नै आफ्नो चिनारी बनेको उहाँको भनाइ छ । 

पोखरा:   निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ।  किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ। सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना सेवालाई दिगो रूपमा उपलब्ध गराउनका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र फार्मेसीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न यस योजनाले सहायता प्रदान गर्ने विश्वास गरिएको छ।  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा यो योजना गण्डकी प्रदेशका ७ जिल्लाका ११ पालिकाहरूमा सञ्चालित छ। पोखरा महानगरपालिकाका १ हस्पिटल, ४ पोलिक्लिनिक, १ क्लिनिक र २३ फार्मेसी गरी २९ वटा निजी स्वास्थ्य संस्थाहरूमा यो योजना लागु छ।  नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको जन स्वास्थ्यका कार्यक्रमहरू मध्ये किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो ।  किशोर किशोरीहरूलाई सहज रूपमा आफ्ना समस्याहरू राख्न र स्वास्थ्य संस्थाबाट प्रदान हुने प्रजनन स्वास्थ्य लगायतका अन्य स्वास्थ्य सेवा लिन उपयुक्त वातावरण तयार गरी सेवाको पहुँच बढाउन “किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९” समेत जारी भई कार्यान्वयनमा रहेको छ ।  यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्देशन दिनुभयो । नागरिकले पाउनु पर्ने स्वास्थ्यको अधिकार प्रत्याभूतिमा सरोकारवालाहरू थप जिम्मेवार बन्नु पर्ने उहाँले बताउनुभयो।  पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वय तथा मोमेन्टमद्धारा आयोजित कार्यक्रम स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महानगरका जनस्वास्थ्य निरीक्षक सत्यराज साँखीले गर्नुभएको थियो । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।       संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले दिवङ्गत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताउनुभयो ।       दोस्रो संविधानसभा असफल हुन नदिन तथा संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधानसभाको अध्यक्षता गर्नुभएको कुरा सधैँ सम्झनामा रहिरहने बताउनुभयो ।       उहाँले भन्नुभयो, “नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।”      अध्यक्ष ओलीले नेम्वाङका नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उहाँहरूले अँगाल्नुभएको बाटो, व्यवहार र आचरणअनुरुप चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 

काठमाडौं:   प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ ।  प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गर्नुभएकोे थियो ।       सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । उहाँले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराउनुभएको थियो ।       सो लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधानविपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभयो । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले माओवादीको सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।        त्यसैगरी, नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पार्नुभएको थियो ।  बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गर्नुभयो । सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उभिरहेपछि आजको बैठक स्थगित गरिएको हो । 

काठमाडौं:   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ ।  विभागद्वारा आज जारी  विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कतासमेत अपनाउन आग्रह गरेको छ ।       महाशाखाका मौसमविद् शान्ति कँडेलले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताउनुभयो ।  उहाँले मौसमको यस्तोस्थिति  तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभावले बिहीबार साँझदेखि शनिबार बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ,” उहाँले भन्नुभयो, “तसर्थ आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”      महाशाखाद्वारा जारी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहने उल्लेख छ ।  “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” जारी विशेष बुलेटिनमा भनिएको छ, “लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।”      बुलेटिनअनुसार आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।      महाशाखाले वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ ।  यसैगरी दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा  अनुरोध गरको छ ।

काठमाडौं:   केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान शङ्करलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।      पक्राउ परेका सूर्यमानले सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।” पक्राउ परेका निजले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि रु १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । पक्राउ परेका निज सूर्यमानको आज जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सिआइबीले जनाएको छ ।