पोखरामा महानगरपालिका १३ पाटनवेशीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा १ युवकको ज्यान गएको छ । मंगलबार राती ग २३ प ३५६१ नम्बरको मोटरसाइकल र ग ७ प ९०७५ नम्बरको स्कुटर एकापसमा ठक्कर खादा मोटरसाइकल चालक पोखरा ३३ बागमाराका १९ वर्षीय सरोज रामदामको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका सरोजलाई उपचारका लािग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सोही क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो । यस्तै सोही दुर्घटनमा परि अर्का युवक पनि घाइते भएका थिए । उनका अहिले उपचार भइरहेको बताइएको छ ।
बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ । हाल यहाँको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालयसम्म पक्की सडक पु¥याउन धमाधम स्तरोन्नतिको काम भइरहेको छ । हाल १९ किमी सडक पक्की बनाउन दुई चरणमा ठेक्कामार्फत रु ४० करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको हो । अदालत—चौपारी–गौँडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा बरेङ शान्तिपुर सडकअन्र्तगत हाल रायडाँडासम्म सडक कालोपत्रका लागि स्तरोन्नतिका काम हुँदैछन् । पहिलो चरणमा छ महिना अघिदेखि रु ३० करोड लागतमा भकुण्डेसम्म १५ किमी सडक र हाल भकुण्डे खण्डको चार किमीमा काम सुरु भएको छ । यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्यदेखि बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालयसम्म ४ किमी सडक स्तरोन्नतीका लागि रु १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ । छिट्टै रायडाँडाका सडक बन्ने बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले गति लिएको र दुवै खण्डमा सडक स्तरोन्नति भए रायडाँडा जस्तो विकट गाउँमा विकासले गति लिने अपेक्षा गरिएको उनको भनाइ छ । “बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डेसम्मको १५ किमी सडकमा बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुण्डेदेखि रायडाँडासम्मको चार किमि सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम सुरु गरेको छ”, वडाध्यक्ष गौतमले भने, “बागलुङ नगरपालिकाको विकट गाउँमा पक्की सडक पुग्नु यहाँका लागि गौरवको विषय हो ।” बहुवर्षीय आयोजनाअन्र्तगत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयअन्र्तगत काम भइरहेको छ । वैशाखदेखि काम सुरु गरेका निर्माण व्यवसायीले तित्याङ खण्डमा छ किमी सडक चौडा बनाइसकेको छ । बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक धु्रब बिडारीले जानकारी दिए । आर्थिक वर्ष २०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता भएकामा सडकको पहिलो खण्डमा हाल कामले गति लिएको छ । ट्रयाक खोलेको २० वर्षसम्म स्तरोन्नति हुन नसकेको सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीय पनि उत्साहित भएका छन् । स्थानीय चन्द्रप्रकाश शर्माले सडक स्तरोन्नतिले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई सहज भई अन्य विकासमा पनि सकारात्मक प्रभाव पर्ने बताए । सडकको पहुँच, विकासका गतिविधि बढ्न थालेपछि यहाँबाट बसाइँसराइ रोकिने शर्माले आशा व्यक्त गरे ।
जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयोे । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँ: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल ९: १५ र दोस्रो खेल १: १५ बजे हुनेछ ।
पोखराः पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो । यस्तै तेस्रो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)ले पोखरा महानगरपालिकालाई ५८–५४ ले पराजित ग¥यो । चौथो खेलमा खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले लमजुङको बेशींशहर नगरपालिकालाई ६०–३० ले पराजित ग¥यो । पाँचौ खेलमा पर्वतको जलजला गाउँपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५४–४६ ले पराजित ग¥यो । आज भएको अन्तिम खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)लाई ४४–३६ ले पराजित ग¥यो । भोलि (बिहीबार) पहिलो क्वाटरफाइनलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) र म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल पर्वतको मोदी गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल बेनी नगरपालिका र रघुगंगा गाउँपालिका (ह्वाइट)बीच हुनेछ । यस्तै चौथो क्वाटरफाइनल खेल पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)बीच हुनेछ । लिक कम नकआउटको आधारमा भइरहेको गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जितका लागि दिएको एक सय चार रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे । त्यसैगरी, उन्मुक्त चन्दले १९ बलमा १३ रन बनाउँदा सूर्य तामाङ ११ रन जोड्दै अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेल आठ, टम मुर्स छ तथा ओपनर आशुतोष घिरैया चार रनमा आउट भए । काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिए भने दीपेश कँडेलले तीन विकेट लिए । त्यस्तै, जेहार्ड एरास्मसले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा एक सय तीन रनको योगफल बनाएको थियो । काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेस गौतम र रेमन सिमण्डसले समान दुई– दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए । पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो । चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बुधबार दुई खेल हुनेछ । जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा: आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च गण्डकी प्रज्ञा प्रतिष्ठानले ब्यहोर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची बीच पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले युनाईटेड क्लब आफैमा प्रतिष्ठित क्लव रहेको र सामाजिक काम संगै युनाईटेड क्लबले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गरी कला तथा साहित्यको संरक्षणमा समेत टेवा पु¥याउदै आएको बताए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक सेवा संगै लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गरेकाले अघिल्लो संस्करण देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै यो वर्षपनि निरन्तरता दिएको बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि रहदा गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ र सहयोगले थप हौसला प्रदान गरेको बताए । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले एघारौं संस्करण देखी सहयोग गर्दै आइरहेको र बाह्रौं संस्करणको पोखरा महोत्सवबाट विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च ब्यवहोर्ने गरी सहकार्य गर्दै आएकोमा यो पटक पनि निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आम्दानीबाट सामाजिक काम र महोत्सवको माध्यामबाट लोक संस्कृतिको जगेर्ना गर्ने गरि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको थियो । सो अवसरमा युनाईटेड क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरु, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहको थियो ।
पोखरा: कास्कीको मादी गाउँपालिका गाउँपालिका–७ मा भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादी गाउँपालिका–७ लिचु भन्ने जंगलबाट एक नाले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । ‘सोमबार कास्कीको मादी गाउँपालिका–७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा पड्किदा बिनोद सुनार घाइते भई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको सूचना पाएको थियौै’, डिएसपी शर्माले भने, ‘सोधपुछ गर्दा उक्त बन्दुक कुल प्रसाद वि.क र सुमन तामाङले राखेको भन्ने खुल्न आएकाले नियन्त्रणमा लिएका हौं, थप अनुसन्धान जारी छ ।’ डिएसपी शर्माका अनुसार सोधपुछ पछी बन्दुक खोजतलाज गर्ने क्रममा कुलप्रसाद विकको गाईगोठ भन्दा १ सय ५० मिटर तल लुकाई राखेको अवस्थामा २ फिट २.५ ईन्च लामो एक नाले भरुवा बन्दुक बरामद गरिएको हो । बरामद गरिएको हतियारको ईजाजतपत्र (कागजपत्र) नभएकाले मादी मेलबोट बस्ने ३२ वर्षीय साईला भन्ने कुल प्रसाद विक र पानीघाट बस्ने २२ वर्षीय सुमन तामाङलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्धामा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: अमेरिकास्थित नेपाली पूर्वराजदूत डा अर्जुन कार्कीले जलवायु वित्तका लागि सहज र आवश्यकताअनुसार पहुँच स्थापित गर्न कूटनीतिक पहल आवश्यक रहेकामा जोड दिनुभएको छ । आज अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित २ दिने राष्ट्रिय गोष्ठीको पहिलो सत्रमा उहाँले जलवायु परिवर्तनका मुद्दा स्थापित गर्न राजनीतिक र कूटनीतिक रूपमा पहल अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पहिला प्राविधिक मुद्दाका रूपमा मात्रै बुझिन्थ्यो, विस्तारै यो मुद्दा, राजनीतिक, कूटनीतिक, आर्थिक एवं समाजिक मुद्दा पनि हो भन्ने बुझाइ भएको छ”, डा कार्कीले भन्नुभयो, “जलवायुजन्य सङ्कट सामना गर्न आवश्यक पर्ने वित्तमा पहुँच पुर्याउन कूटनीतिक पहललाई पहिलो प्राथमिकता दिनुपर्छ ।” उहाँले जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी वैज्ञानिक रूपमा अनुसन्धान गरेर तथ्याङ्क निकाल्नुपर्नेमा जोड दिनुभयो । कार्कीका अनुसार जलवायुसम्बन्धी मुद्दा सम्बोधन गर्न राजनीतिक स्तरबाट अगाडि बढाउनुपर्ने र राजनीतिक स्तरबाट जलवायुजन्य सङ्कटको सामना गर्न आवश्यक छ । “बाकुको अजरबैजानमा सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि ९युएनएफसिसिसी० का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्पन्न भएको छ । विकासशील देशहरूलाई जलवायु परिवर्तनका असर सामना गर्न आवश्यक पर्ने आर्थिक सहयोग बढाउन नयाँ वित्तका योजना अघि सारिएको छ, यीलगायत अन्य जलवायु वित्तहरूमा अनुदान बढाउने कोपको निर्णय छ”, उहाँले भन्नुभयो, “हामीले उक्त कोषको रकम ल्याउनका लागि आवश्यक तयारीसहित अनुसन्धान बढाउनुपर्छ । जलवायुजन्य असरका आधिकारिक तथ्याङ्क प्रस्तुत गर्नुपर्छ ।” जलवायुविद् मञ्जित ढकालले विश्वको तापमान वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्न नसके पर्वतीय क्षेत्रमा जलवायुजन्य सङ्कट बढ्दै जाने र हिमालको हिउँसमेत पग्लिएर कलापत्थरमा परिणत हुन सक्ने बतानउनुभयो । “नेपाल जस्ता पर्वतीय मुलुकहरूको चिन्ताको विषय भनेको हिमालको सुरक्षा कसरी गर्ने रु र जलवायुजन्य सङ्कट निम्तिन नदिने भन्ने हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हामीले पर्वत बचाउन कार्बन उत्सर्जन कटौती गर्नलाई पैरवी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यो कोप–२९ मा सोचेजस्तो उपलब्धि हुन नसके पनि हामी निराश हुनुपर्ने अवस्था छैन । अहिले हाम्रो पक्षमा नभएका कतिपय निर्णयहरू आगामी कोपमा हुँदै जानेछन् । हामीले यसका लागि पहल कदमी अगाडि बढाइरहनुपर्छ ।” गोरखापत्रका महानिर्देशक लालबहादुर ऐरीले जलवायु परिवर्तनसम्बन्धी मुद्दा स्थापित गर्न सञ्चारमाध्यमको अहम् भूमिका रहेको भन्दै जलवायु परिवर्तनका मुद्दामा कलम चलाउन पत्रकारको क्षमता अभिवृद्धिमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयकी उप–सचिव दीपा ओलीले कोपमा पर्वतीय क्षेत्रको मुद्दा मुख्य ‘नेगोसेसन’ (वार्ता) मा सोचे जस्तै अगाडि बढ्न नसके पनि नेपालले विभिन्न क्षेत्रीय कार्यक्रम (साइड इभेन्ट) हरूमा यी विषयवस्तु उठान गरिरहेको जानकारी दिनुभयो । विश्व खाद्य समूह नेपालकी संस्थापक सदस्य पसुन सुवेदीले जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लिएर कालो भएमा हाम्रो भविष्य पनि जोखिममा पर्ने भन्दै हिमाल बचाउन सबैले चासो दिएर सहकार्य र समन्वय गर्नु आवश्यक रहेको खाँचो औँल्याउनुभयो । हिमालमा परेको जलवायु परिवर्तनको असरको विषयमा अनुसन्धान गर्नुपर्ने भन्दै उहाँले यसमा युवाहरूको पनि संलग्नता हुनुपर्ने बताउनुभयो । गोष्ठीको पहिलो सत्रको मध्यस्थ राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ अधिकृत डा मनिषराज पाण्डेले गर्नुभएको थियो ।

