पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:   जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ।देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो। “हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको ईलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो। उहाँका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ। माहाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ।

पोखरा:   नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आपत्ति जनाउँदै आज देशभरका सुनचाँदी व्यवसायीहरुले पसल बन्द गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ  र नेपाल हस्तकला महासंघले आज र भोली पसल बन्द गर्दै बजेटमा आपत्ति जनाएका हुन् ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा विलासिता कर लगाएको , सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायीहरुल विरोध गर्दै आएका छन् ।  सुनचाँदी व्यवसायीहरुको तीन महासंघको केन्द्रिय सर्कुलर अनुसार व्यवसायीहरुले आज कास्कीका प्रमुख जिल्ला अधिकारी लाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।  व्यवसायीहरुले पोखराको सृजनाचोकमा जम्मा भएर नारा जुलुससहित रत्नचोक, वाइचोकहुँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर ज्ञापन पत्र बुझाएका हुन् ।  व्यवसायीहरुले हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मुल्य अभिवृद्धि कर तत्काल पुनविचार गरी खारेज गरिनुपर्ने, सुनचाँदी कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहन गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने माग गरेका छन् ।  यस्तै कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावहरुको विस्तृत अध्ययन गरियोस् र त्यसबिना करको दायरा नबढाइनुपर्ने । छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्र्तराष्ट्रिय मान्यता प्राप्त को व्यवस्था गरिनुपर्ने ।  यस्तै निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिपर्ने माग गरिएको छ ।  सुनचाँदी व्यवसायीहरुले माग सम्बोधनमा सरकारले वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

काठमाडौं:   भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ।  भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पोखरा:   नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तिन वटा सडक निर्माणाधीन अवस्थामा छन् ।  विश्व बैँकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो ।   पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबिच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो । परियोजनाको सम्झौता पाँच वर्ष रहेकामा हाल एक वर्ष थप भएको उहाँको भनाइ छ ।  तीन सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ पुगेको छ भने अन्य दुई सडकको प्रगति न्यून देखिएको छ ।  पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ५५ प्रतिशत र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको ४० प्रतिशत पुगेको इन्जिनियर गौतमले बताउनुभयो ।  विसं २०७९ चैतदेखि निर्माण थालिएको तालचोक–बेगनास सडक कम्पनीको ढिलासुस्तीका कारण समयमै निर्माण हुन नसकेको उहाँको भनाइ छ । “निर्माण कम्पनीले प्रतिबद्धता अनुसार कामलाई गति दिन सकेका छैन”, उहाँले भन्नुभयो, “समयमा काम सक्न ताकेता गरिरहेका छौँ ।” जग्गा विवादका कारण पनि उक्त सडक निर्माणमा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।  कूल ३.२८ किमिको तालचोक–बेगनास सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो ।  एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटसहित र.। ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । फुट ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमुना सडक बन्ने उहाँको भनाइ छ ।  सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा तीन वटा पुल पनि बन्ने छन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर गौतमले बताउनुभयो । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ ।  महानगरकै गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताउनुभयो ।  तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उहाँको भनाइ छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ ।  पोखरादेखि शिशुवादेखि लमजुङको सिसाघाट जोड्ने सडकअन्तर्गत खुदी खोला पुलसम्मको खण्ड अहिले निर्माणाधीन अवस्थामा छ । कुल ४.१४ किमि दूरीको उक्त सडकमा पनि साइकल ट्रेक, फुटपाथ र सडकबत्ती रहने इन्जिनियर गौतमले बताउनुभयो ।  त्यस खण्डमा चार वटा कल्भर्ट पनि निर्माणका क्रममा छन् । आशीष निर्माण सेवाले ३४ करोड ११ लाखमा उक्त सडकको निर्माण जिम्मा पाएको थियो । सन् २०२४ अप्रिल १४ बाट निर्माण सुरु भएकामा उक्त सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको हो । गण्डकी प्रदेश राजधानी पोखरा भित्रिने वैकल्पिक सडकका रुपमा हेरिएको दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत पुगेको छ ।  कुल १२।४४ किमि दूरीको उक्त सडकको काम गत वर्ष असारदेखि सुरु गरिएको थियो । आशीष निर्माण सेवाले ७७ करोड ६८ लाखमा ठेक्का पाएको थियो ।  सम्झौता अवधिमा काम नसकिएपछि एक वर्षलाई ठेक्का म्याद थप भएको महानगरपालिकाले जनाएको छ । यो सडकमा पनि दायाँबायाँ साइकल ट्रेक, फुटपाथ, सडकबत्ती रहने इन्जिनियर गौतमले बताउनुभयो । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सडकको दायाँबायाँ तीन मिटरमा फलफूलका बिरुवा रोप्न सुरु गरिएको बताउनुभयो ।  “तनहुँको कोत्रे हुँदै बाघमारा भएर पोखरा भित्रिने वैकल्पिक मार्गका रूपमा यो सडकलाई विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “सडक स्तरोन्नति भएपछि यातायातको सहज सुविधासँगै स्थानीय उत्पादनको बजारीकरणमा पनि ठूलो टेवा पुग्नेछ ।”  साविक भरतपोखरी गाउँ विकास समिति रहेको त्यस क्षेत्र पोखरा महानगरपालिकामा गाभिए पनि अपेक्षित रूपमा विकास हुन नसकेको वडाध्यक्ष अधिकारीले बताउनुभयो । महानगरभित्रका ग्रामीण र विकासमा पछाडि पारिएका वडालाई बजेट तथा कार्यक्रममा प्राथमिकता दिन महानगरको नेतृत्वसँग पहल भइरहेको उहाँको भनाइ छ ।

मुस्ताङ:  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा पार्टीको भवन शिलन्यास गर्नुभएको छ ।  दुई दिने भ्रमणका लागि मुस्ताङ आउनुभएका अध्यक्ष प्रचण्डले  घरपझोङ गाउँपालिकाका–४,जोमसोममा दुई तले पार्टी भवनको शिलन्यास गर्नुभएको हो । पार्टी भवन शिलन्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङको समस्यालाई सम्बन्धित निकायको ध्यानार्कषण गराउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मेरो मुस्ताङ भ्रमण अविस्मरणीय रह्यो, यहाँका जनताले भोगेका समस्याका बारे मैले निरन्तर खवरदारी गर्ने छु ।’’ अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको असरलाई मुस्ताङमा आएर नजिकबाट महसुस गर्न पाएको बताउनुभयो । उहाँले पार्टीको गतिविधिलाई सहज बनाउन समेत भवनसहितको संरचना आवश्यकता हुने बताउनुभयो । मुस्ताङ भ्रमणको क्रममा उहाँले पार्टीको जिम्मेवारी सम्हालेकालाई सपथग्रहण, कार्यकर्ता प्रशिक्षण, जनभेटघाट, अवलोकनसहित जिल्लामा भइरहेका विकास निर्माणका बारेमा अवलोकन गर्नुभएको थियो । 

पोखरा:   पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन पछि सम्पर्कमा आएकी छन्  ।  पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएकी थिइन् ।  बुबा भीमबहादुर तामाङले बुधबार उनी सम्पर्कमा आएको र परिवारको जिम्मामा रहेको बताए । पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखी खोजी गरेपनि भेटिएको थिएन ।   यो पनि पढ्नुहोस ​ विद्यालयबाट घर हिडेकी पोखराकी पूर्णिमा ६ दिनदेखि सम्पर्क विहिन    

पोखरा:   पोखरामा आज दिउँसो ल्यान्डिङ गर्ने क्रममा दुई वटा  प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् ।  पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो ।  सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको  हो । उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

काठमाडौं:   प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक बिहीबारका लागि सरेको हो।  बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक सभामुख र प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि दिउँसो ३ः१५ बजेका लागि सरेको थियो।  तोकिएको समयभन्दा केही ढिला सुरु भएको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि समामुख देवराज घिमिरेले बिहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो।  प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच निरन्तर प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएका छन्।   भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।

काठमाडौं:  सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मन्त्रालयमा नियमित पत्रकार  सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल(चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले विद् राष्ट्रिय योजना आयोगका सदस्य डा जयष बहादुर टण्डनको इजरायल भ्रमण स्वीकृत भएको गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय