पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

गण्डकी:    अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताउनुभएको छ । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।       नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उहाँले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिनुभयो । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उहाँले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।               आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै अर्थमन्त्री डा महतले पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गले बढाउने बताउनुभयो । पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उहाँले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताउनुभयो ।       गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्बन्धमा प्रदेश र सङ्घीय सरकारले ध्यान दिएको बताउनुभयोे । पछिल्ला समयमा छोटिएका पदमार्गलाई कसरी विस्तार गर्ने सम्बन्धमा छलफल आवश्यक भएको बताउँदै उहाँले उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने बताउनुभयो ।           पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच सय रुपैयाँ दरका भारतीय नोट नचल्दा भारतीय पर्यटक समस्यामा परिरहेको र त्यसले उनीहरूको आगमन प्रभावित भएको बताउनुभयो ।     पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा चाँडो यसतर्फ ध्यान जानुपर्ने बताउँदै उहाँले निर्माणाधीन पोखरा–मुग्लिन सडकको ढिलाइका कारण पोखराको पर्यटनमा प्रत्यक्ष असर पारिरहेको बताउनुभयो ।           कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारी, परिषद्का निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई, महासचिव सञ्जयकान्त सिग्देल, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा परिषद्का गतिविधिमा विभिन्न तवरबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । 

काठमाडौं:   नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका हुन् । आसिफ ८९ बलमा ८ चौकासहित ५५ रनमा क्रिजमा छन् । गुलशन झा २३ बलमा १ चौकासहित १२ रनमा क्रिजमा छन् । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २३ रन बनाएको छ । ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । कुशल शार्दुल ठाकुरको दशौं ओभरको पाँचौं बलमा विकेटकिपर ईशान किशनबाट क्याच आउट हुन पुगे । त्यसपछि नेपालको रनको गतीमा कमी आएको थियो । नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे ।

नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुड।ले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी बिश्व बिद्यालयको उपकुलपती गणेशमान गुरुड।को सभापतित्वमा सम्पन्न भएको हो । । नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, बेलायत, जापान, नर्वे र अमेरिका लगायतका मुलुकबाट ५६ कार्यपत्र प्रस्तुत भएका थिए । जसमध्य अधिकांस प्रतक्ष फिजिकल्ली र केही हाइब्रिड अर्थात अनलाइनबाट कार्यपत्र प्रस्तुत भएका थिए ।   डेड सय समाजशास्त्रीहरु प्रतक्ष भेला भएको सो कार्यक्रम यही भाद्र १५, १६ र १७ गते अर्थात सेप्टेम्बर १ देखी ३ सम्म क्षे्त्रिय कृषी अनुसन्धान केन्द्र लुम्लेमा सम्पन्न भएको हो । नेपालका चर्चित समाजशास्त्री तथा बिभिन्न पदिय हैसियतमा रहेका समाजबिद्ध सहित भारतिय समाजशास्त्री एवं प्राध्यापकहरु तथा जापानको प्राध्यापक पनि प्रतक्ष उपस्थित थिए भने नर्वे , युके, अमेरिका र नेपालका बिभिन्न स्थानबाट समेत समाजशास्त्री अध्यताहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली समाजको अध्यान अनुसन्धान र बिश्लेषणका साथै समाजशास्त्रको अभिबृृद्धी गर्ने हेतुले सञ्चालित सो कार्यशालामा समाज बिज्ञानका स्वदेशी तथा बिदेशी बिद्धानहरुबाट नेपालको २०४६ देखीको राजनैतीक परिर्वतन, आम्दोलन, जनयुद्ध तथा जनआम्दोलन र अन्य सामाजिक आम्दोलनको बिकास प्रक्रियाबारे छलफल,बिश्लेषण गर्न मञ्च प्रदान गरिने छ ।   पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामिण बिकास बिभागसगको सहकार्य र गण्डकी बिश्वबिद्यालयको सक्रियतामा भएको थियो । सो कार्यक्रममा राज्य पुनर्र्संरचना र त्यसले पारेका प्रभावहरुबारेमा समेत कार्यशालामा छलफल भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम आयोजक संस्था नेपाल समाजशास्त्र संघका अध्यक्ष प्रा डा गणेशमान गुरुड।ले समाजशास्त्रीहरुले आफ्नो सिप सोच र बिद्यत्वलाई समाजबिकास र समाजशास्त्रको उन्नतीमा लगाउनुपर्ने बताउनुभयो ।

लायन्स क्लब अफ अञ्जुली र लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहद्वारा आयोजित रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको छ ।​   खुल्ला रुपमा आयोजित सो रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै रक्तदान अभियन्ता सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताए ।   आफुले २०५५ सालदेखि निरन्तर रक्तदान गर्दै आएको स्मरण गर्दै रत्तदानले आत्मसन्तुष्टिसंगै खुसी दिएको बताए । कार्यक्रमका रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले प्रत्येक ३ महिनामा गरीने रक्तदानले शरीर स्वस्थ रहने हुँदा १७ बर्ष माथीका युवाले रत्तदान गर्नुपर्ने बताए । रगतको विकल्प रगतमात्र भएकाले रत्तदान सबैभन्दा पुण्यको कार्य भएको उनले बताए ।   कार्यक्रमको पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष मिना पौडेलको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ग्लोबल लिडर प्रमुख अमृत शोभा खत्री, डिष्ट्रिक ब्लड कार्यक्रम प्रमुख सन्तोष श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष भावना थापा, सान्त्वना पराजुली, लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहका अध्यक्ष एवं कार्यक्रम संयोजक कल्पना वास्तोला, सल्लाहकार विश्व मोहन गौचन, उपाध्यक्ष भगवती गुरुङ्ग, सामुदायिक सेवा केन्द्र जिल्लाका उपाध्यक्ष विष्णु सुवेदी, उपाध्यक्ष साधना थापा लगाएतले रक्तदानको महत्व माथी प्रकाश पारेका थिए ।   उक्त रक्तदान कार्यक्रम सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था, रेडियो सराङ्गकोट रेडियो र पोखरा महानगरपालिका वडा नं. ९ को सहकार्यमा भएको थियो ।  

काठमाण्डौ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  भेट गर्नुभएको छ ।   राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्योकमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।   त्यस अवसरमा उहाँहरुबीच मुलुकका अरु समसामयिक विषयमा पनि विचारविमर्श भएको जनाइएको छ ।

काठमाडौं:  नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।   सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्नुहुँदै उहाँले संविधान अनुसार बन्न बाँकी कानुनहरुको निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।   सांसद आलेमगरले कतिपय कानुनहरु संविधान बनेको तीन वर्षभित्रै बन्नुपर्ने भए पनि हालसम्म बन्न नसकेको भन्नुुहँदै यसले गर्दा सरकारप्रति आशङ्का उत्पन्न भएको बताउनुभयो । उहाँले वर्तमान सरकारप्रति आदिवासी, जनजाति, दलित, मधेशी, महिला लगायत सम्पूर्ण उत्पीडित समुदायले आशाको दृष्टिले हेरेका उल्लेख गर्नुहुँदै उनीहरुको आशा अनुरुप सरकारले काम गर्नुपर्ने बताउनुभयो ।   सांसद आलेमगरले भन्नुभयो,‘‘संविधानमा बन्न बाँकी कानुनहरुमध्ये पनि तुरुन्तै बन्नुपर्ने, दुईरतीन वर्ष भित्रै बन्नुपर्ने स्पष्टसँग उल्लेख भएको कानुन पनि हामीले बनेको पाएनौँ । उदाहरणका लागि दलित सम्बन्धि कानुन । दलितसम्बन्धी कानुन दुईरतीन वर्षभित्र बन्नुपर्ने । यस्तै, अन्य कानुनहरु पनि थिए तर त्यो बनेन । दलित समुदाय त्यस्तै अन्य आदिवासी, जनजाति, मधेशी, महिला, मजदुर, किसान यि सबै बारेमा पनि बन्नुपर्ने कानुनहरु बनेनन् ।,’’   उहाँले थप्दै, ‘‘यतिबेला उत्पीडित समुदायका जनताले प्रचण्डको नेतृत्वमा रहेको यो सरकारप्रति उत्पीडित, आदिवासी, जनजाति, दलित, मधेशी, महिला सम्पूर्ण उत्पीडित समुदायले बडा आशाको दृष्टिले हेरेका छन् । संवेदनशील, गम्भीर यो बारेमा सरकार सकारात्मक छ भन्ने उनीहरुको सोचाइ रहेको छ । यस्तो सरकार हुँदाखेरी पनि यसतर्फ तदारुकता नदेखिएको हुँदा, यसतर्फ पहलकदमी नभएको हुँदा के हो कसो हो भन्ने एक प्रकारको सोचाइ उनीहरुमा परेको छ ।   त्यसकारण सरकारको ध्यान संविधान अनुसार बन्न बाँकी जुन कानुनहरु छन्, १८१ वटा कानुनहरु बनाउन सरकारले तदारुकता देखाउने छ भन्ने अपेक्षा लिन चाहान्छौँ । प्रधानमन्त्रीलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छौँ ।’’ उहाँले कानुन बनाउन सरकारले तुरुन्तै पहलकदमी लिनुपर्ने बताउनुभयो ।

काठमाण्डौ:  काठमाण्डौ महानगरपालिका वडा नं १० देवीनगरमा रहेको काठमाण्डौ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ ।    समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाण्डौ उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो ।    समितिका अध्यक्ष टीकाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, विसं २०६६ साल जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा समेत दर्ता गरेर काठमाण्डौ उपत्यका गुम्बा तमु सेवा समिति सञ्चालनमा रहेको छ ।   गुम्बा स्थापनार्थ वडा कार्यालयको सिफारिसमा जग्गा प्रमाणित गरेर वडाकै डिजाइनमा गुम्बा निर्माण गरिएको जनाइएको छ । साथै तत्कालीन वडा कार्यालयबाट पनि बजेट विनियोजन भइ गुम्बाको भवन निर्माणमा सहयोग रहेको विज्ञप्तिमा जनाइएको छ ।   विज्ञप्तिमा भनिएको छ, गुम्बा निर्माणमा सयौँ बौद्ध धर्मावलम्बी आस्थाका व्यक्तिसहित पर्यटन मन्त्रालय, सहरी विकास तथा भवन विभाग, जिल्ला समन्वय समिति काठमाण्डौ, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, संसदीय विकास कोषलगायत विभिन्न सङ्घ संस्थाबाट आर्थिक सहयोग जुटाइएको जानकारी गराउँदैछौँ ।   केही समय अगाडि महानगरपालिकाले धर्म, संस्कृति र समाजको बेवास्ता गर्दै सार्वजनिक सूचना जारी गरेर गुम्बा भत्काउन माइकिङ गर्ने कार्य गरिरहेको कुराले समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । महानगरले धर्म, संस्कृतिको रक्षा गर्नुपर्नेमा उल्टै भत्काउने कुरा राम्रो नहुने समितिको भनाइ छ ।    काठमाडौमा मात्र नभइ देशभर मन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्चलगायत धार्मिक आस्थाका केन्द्र सार्वजनिक जग्गामै बनेका स्मरण गराउँदै समितिले महानगरलाई आफ्नो मातहत ल्याएर गुम्बाको संरक्षण गर्नसमेत आग्रह गरेको छ ।    गएको साउन ३ गते महानगरले डोजर ल्याएर देवीनगरमा संरचना भत्काउन खोज्दा उच्च अदालत पाटनबाट तत्काल गुम्बा नभत्काउन आदेश जारी भए पनि महानगरले त्यसको अवज्ञा गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ुसंरचना आफैँ नहटाए भत्काउने भन्दै महानगरपालिकाले माइकिङ गर्नु सम्मानित अदालतको अपहेलनाका हो । रासस

वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ।   आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।​ मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्।    अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए। 

पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ।   इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन्। मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताए।   उनले भने, ‘सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ। यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ।’ राजमार्गमा देखिने पशु चौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु रविन मेहताले बताए।   उनले भने, ‘मुख्य राजमार्गमा सवारी चाप हुन्छ।  त्यसमाथि छाडा पशु चौपाया हुँदा सवारी चालकलाई समस्या हुने गर्दछ। यसको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धीत  निकायले ध्यान दिनुपर्दछ।’   सवारी साधनको चापका कारण चिरौली, लौकही, हरीपुर, भाण्टाबारीमा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा भोक्राहा र कोशी गाउँपालिकाको सडकमा तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको स्थानीयवासीको भनाइ रहेको छ।   यस क्षेत्रमा वार्षिकरुपमा हुने सवारी दुर्घटना मध्ये केही छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ रहेको छ। सडकमा छोडिएका छाडा चौपाया नियन्त्रणका लागि सम्बन्धित निकायले समेत समयमा ध्यान दिन आवश्यक रहेको मानव अधिकारकर्मी रमेश भट्टराईले बताए।