पाेखरामा रक्तदान ७२ यूनिट रगत संकलन
काठमाडाैं | भदौ १८, २०८०

लायन्स क्लब अफ अञ्जुली र लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहद्वारा आयोजित रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको छ ।
खुल्ला रुपमा आयोजित सो रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै रक्तदान अभियन्ता सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताए ।
आफुले २०५५ सालदेखि निरन्तर रक्तदान गर्दै आएको स्मरण गर्दै रत्तदानले आत्मसन्तुष्टिसंगै खुसी दिएको बताए । कार्यक्रमका रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले प्रत्येक ३ महिनामा गरीने रक्तदानले शरीर स्वस्थ रहने हुँदा १७ बर्ष माथीका युवाले रत्तदान गर्नुपर्ने बताए । रगतको विकल्प रगतमात्र भएकाले रत्तदान सबैभन्दा पुण्यको कार्य भएको उनले बताए ।
कार्यक्रमको पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष मिना पौडेलको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ग्लोबल लिडर प्रमुख अमृत शोभा खत्री, डिष्ट्रिक ब्लड कार्यक्रम प्रमुख सन्तोष श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष भावना थापा, सान्त्वना पराजुली, लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहका अध्यक्ष एवं कार्यक्रम संयोजक कल्पना वास्तोला, सल्लाहकार विश्व मोहन गौचन, उपाध्यक्ष भगवती गुरुङ्ग, सामुदायिक सेवा केन्द्र जिल्लाका उपाध्यक्ष विष्णु सुवेदी, उपाध्यक्ष साधना थापा लगाएतले रक्तदानको महत्व माथी प्रकाश पारेका थिए ।
उक्त रक्तदान कार्यक्रम सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था, रेडियो सराङ्गकोट रेडियो र पोखरा महानगरपालिका वडा नं. ९ को सहकार्यमा भएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...