पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

बाँके: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएको छ ।    विद्युत् चुहावट भइ आगलागी हुँदा  आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसो सामान जलेको जानकारी दिनु भयो ।  अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भएको छ ।    नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगो निभाउन झन्डै दुई घण्टा लागेको बताउनुभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताउनु भयो । 

काठमाडौं:  क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् ।   गए राति सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।    उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेको र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् ।    सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन् । उनीविरुद्ध दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।    सन्दीपले लेखेका छन्, -'भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनर्जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभएसम्म।।।’,

एजेन्सी​:   इजरायलले गाजामा हालसम्म ६ हजार बम खसालेको जनाएको छ, जसको कुल वजन चार हजार टन रहेको छ ।   इजरायलले विगत छ दिनमा गाजामा रहेका हमासको इलाकामा यी बमहरू खसालिएको जनाएको छ ।   इजरायली वायुसेनाले गाजामा हालसम्म ३ हजार ६ सय ठेगानामा आक्रमण गरेको जनाएको छ ।   अर्कोतर्फ प्यालेस्टाइनी अधिकारीहरूले इजरायलको बमबारीमा हालसम्म १ हजार ५ सय ३७ जनाको ज्यान गएको जनाएका छन्, जसमा ५ सय बालबालिका र २ सय ७६ जना महिला रहेका छन् ।     योसँगै हमासको आक्रमणमा हालसम्म १ हजार ३ सय इजरायली मारिएका छन् । हमासले करिब १ सय ५० इजरायलीलाई बन्धक बनाएको बताइएको छ ।  

बारा:   बाराको जितपुरसिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् ।   बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।   घरमै मृत भेटिएका पौडेललाई हृदयघात भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मध्यरातमा उनको शव पोष्टमार्टमका लागि अस्पताल लगेको छ भने पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन ।   पौडेल अघिल्लो कार्यकालमा एमालेका तर्फबाट निर्वाचित मेयर हुन भने उनी एमाले मधेश प्रदेशका पूर्वसचिव पनि हुन् । हालै सम्पन्न प्रदेश अधिवेशनमा भने उनको सहभागिता थिएन।

काठमाडौं:    काठमाडौंको बौद्धमा प्रहरीले गोली चलाएर लुटेरा समूहका दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, ‘लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।’ घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसैगरी यस घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरूको साथबाट सात राउन्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

काठमाडौं:   इजरायलबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल एयरलाइन्सको जहाज चढ्न त्यहाँस्थित तेलअबिब एयरपोर्टमा भेला भएका छन्।   द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज तेलअबिबमा अवतरण गरिसकेको छ। सो जहाजले आजै २५० जना नेपालीलाई स्वदेश ल्याउने छ।   हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुगेको हो।   नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ।   २५० नेपाली लिएर जहाज स्थानीय समयअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ।   हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।   इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यवसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूसँग सरकारले वार्ता गर्ने भएको छ।​ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार अपराह्न वार्ता हुनेछ।   सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ। वार्ता समितिमा आन्दोलनरत स्थानीय तहका ६ जना कर्मचारी र आधिकारिक ट्रेड युनियनका ५ जना रहनेछन्।   ‘उहाँहरूलाई वार्तामा बोलाइएको छ,’ भट्टराईले भने। स्थानीय तहको अत्यावश्यकबाहेक काम बन्द गरेर कर्मचारीहरू केही समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।   यस्ता माग राखेर स्थानीय तहका कर्मचारी आन्दोलनमा छन् : ​ १. संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने। २. स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने। ३. निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने। ४. बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरूवा गरिनुपर्ने। ५. समायोजनका कर्मचारीहरूको ९सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर्ने गरी० उचित व्यवस्थापन गर्नुपर्ने। ६. तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने। ७. स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने। ८. स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने। ९. जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर तह नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने। १०. स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने। ११. अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनुपर्ने।

काठमाडौं:  नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ ।   बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको भन्दै यसलाई तोड्न दिनु नहुने बताउनुभयो ।   सांसद केसीले अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको राष्ट्रिय गौरवको विषय भएको बताउनु भयो । उहाँले नेपाली संस्कृतिमा विचलन आउन दिनु नहुने जिकिर गर्नुभयो ।  सांसद केसीले अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्नु नहुने बताउनुभयो ।   ‘‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्को विचलनमा जाँदैछ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता हाम्रो राष्ट्रिय संस्कार संस्कृति हो । त्यसलाई तोडिने काम एकपछि अर्को हुँदै गइरहेको छ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको सबभन्दा राष्ट्रिय गौरवको विषय थियो । त्यसमा विचलन आएको छ । नेपाली जनताको संस्कार र संस्कृति विविधता बिचको एकता हाम्रो संस्कृति हो ।,’’ सांसद केसीले भन्नुभयो, ‘‘त्यो संस्कृतिमाथि जब विचलन आउँछ, त्यसपछि संस्कार, सरकार सबै पतनको दिशातर्फ जान्छ भन्ने कुरा सरकारले बुझ्नै पर्छ । सम्पूर्ण राजनीतिक दलहरूले गम्भीर भएर बुझ्नुपर्ने आवश्यकता छ । अराजकताको विरुद्धमा अराजकता नै त्यसको प्रतिरोध होइन । कसैले कालोमोसो दल्छु भन्यो र उसैलाई कालोमोसो दल्नु पनि त्यो हाम्रो संस्कार र संस्कृतिको कुरा होइन । त्यसकारणले उत्तेजना होइन चेतना फैलाउने र आवेग होइन विवेकले काम गर्ने परम्परा टुट्दै गएको छ त्यतातिर सम्पूर्णले एकीकृत भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो । सरकारको ध्यानाकर्षण गराउँदछु ।’’   उहाँले महँगीले जनताको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्।   काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।   लामाविरूद्ध बालिकामाथि असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।