राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले फेसबुकमा फेक आइडीमार्फत ठगी गर्न खोजेको आरोमा तीन युवकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ढ तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका १३ का २०वर्षीय पवेश रिमाल र सिरहाको लाहान नगरपालिका १ रमाद मटियवरा बस्ने २१ वर्षीय पुनिक सिंह रहेका छन् ।   प्रहरीका अनुसार उनीहरुले केटीको फेक आइडी बनाएर पुरुष व्यक्तिहरुलाई अश्लिल भिडियो कल गरी स्किृन रेकर्ड गरी सार्वजनिक गर्ने धम्की दिई रकम माग्ने गरेका थिए ।   उनीहरु विरुद्ध परेको उजुुरीका आधारमा चितवन प्रहरीको समन्वयमा हिजो पक्राउ गरी कास्की ल्याइएको छ ।   पक्राउ परेका उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा लाभ (एक्सटर्सन) सम्बन्धि कसुर र विद्युतीय अपराध सम्बन्धि कसुरमा अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं: जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।   जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।     जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।

पोखरा:   सहकारीको क्षेत्र विस्तारका क्रममा घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् ।   न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।   यस्तै सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको हो ।   सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उनले पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।    

काठमाडौं:   मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३:३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको हो । “प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ । सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुमान गरिएको छ ।

पोखरा:    पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना  गर्ने रोटरी युथ लिडरसिप अवार्ड ९राइला० कार्यक्रमको तयारी तिब्र पारिएको छ । आगामी पुष २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी व्यापक बनाइएको  राइलाका चियर राजेन्द्र लिगलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा १६–२० वर्ष उमेर समूहका ५० जना युवाको सहभागिता रहने छ ।  ‘रोटरी डिस्ट्रिक ३२९२ को आयोजनामा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हामीले प्रत्येक वर्ष विभिन्न स्थामा आयोजना गर्दै आएका छौं’, लिगलले भने,‘ राइला कार्यक्रम यसवर्ष हामीले पोखरामा आयोजना गर्दै छौं पोखराको सम्पूर्ण क्लब यसको तयारीमा लागि परेका छौं ।’ उनले युवाहरुलाई नेतृत्वदायी भूमिकामा पु¥याउने र नेतृत्व केहो भन्ने बुझाउन रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रम आयोजना गरेको बताए ।  ‘रोटरी युथ लिडरसिप अवार्ड (राइला) को मुख्य उद्धेश्य भनेको युवाहरुलाई नेतृत्वदायी बनाउने हो, युवाहरुलाई दुव्र्यसनी र नराम्रो काममा लाग्नबाट बचाउने कार्यक्रमको उद्धेश्यको हो’, उनले भने, ‘यो अवार्ड विभिन्न उमेर समूहका युवाहरुलाई वितरण गर्दै गर्दै आएका छौं यस वर्ष भने हामीले १६–२० वर्ष उमेरसमूहका लागि वितरण गर्दै छौं ।’ राइला कार्यक्रमले युवालाई नेतृत्व विकासमा सहयोग पु¥याउने बताउँदै उनले चार दिनको कार्यक्रममा युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्ने बताए । उनका अनुसार यसपटकको अवार्ड कार्यक्रममा नागरिकको अधिकार र कर्तव्य सम्बन्धि विषयसमेत समावेश गरिएको छ । ‘कुनै पनि देशको नागरिकको देशको विकास के छ के हुँदै छ भन्ने जान्न पाउने अधिकारी नागरिकको हो, त्यसैले वर्षको अवार्ड कार्यक्रममा नागरिकको अधिकार के हो ? भन्ने विषयपनि  समावेश गरेका छौं ।’ रोटरी युथ लिडरसिप अवार्ड कार्यक्रममा रोटरीसंग सम्बन्धीत विज्ञ व्यक्तिहरुले उत्पेरक तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्ने जनाइएको छ । सहभागीहरुको क्षमता दक्षता र सिकाइको आधारमा युवा नेतृत्व छनौट गर्दै अवार्ड प्रदान गरिने छ ।  

काठमाडौं:    सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएको दाबी गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको बताए ।  प्रवक्ता सापकोटाले अभियानले कार्यकर्तामा जागृति ल्याएको, चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे । अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढाउन उल्लेखनीय भूमिका खेलेको उनको भनाई छ ।  उनले भने, ‘जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि समिति गठन, पुनर्गठन भएको छ । कार्यकर्तामा जागृति आएको छ । नागरिकमा आशा पलाएको छ । यो अभियानले माओवादी चुनावको बेलामा मात्रै होइन अरू बेलामा पनि आउँदा रहेछन् भन्ने खालको नागरिकमा आशाका झिल्का पैदा भएको छ ।अभियानले गर्दा उल्लेखनीय सङ्ख्यामा पार्टी प्रवेश गर्नेको सङ्ख्या पनि बढेको छ । नागरिक हामीतिर फर्किएका छन् ।’ प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको पनि बताए । 

झापा:    झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बसस्टेण्डमा दुई समूहबीच ‘ग्याङफाइट’ सुरु भएको सूचनाका आधारमा प्रहरीले  चार जना विद्यार्थीलाई घरेलु हातहतियारसहित नियण्त्रणमा लिएको हो । बिर्तामोड वडा नंं. ५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बसस्टेण्डसम्म पुगेको जनाइएको छ । क्याम्पसको पोशाकमा रहेका आठ जनाको समूहबिच झगडा भएको थियो । दुई युवाहरुबिच गाडिभित्र झगडा भएको र समयमा नै प्रहरी पुगेकाले कुनै ठूलो घटना हुन नपाएको प्रहरी भनाइ छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

काठमाडौं:    मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ।  क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ ।  जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखवरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताउनु भएको छ । सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ। सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ ।