पोखरामा सुन जस्तो देखिने ४५ थान पहेँलो धातु फेला
पाेखरा | पुस २४, २०८०
पोखरा: पोखरामा सुन जस्तो देखिने ४५ थान पहेँलो धातु प्रहरीले फेला पारेको छ ।
पोखरा महानगरपालिका–१५ टुटुङ्गा ढुङ्गेसाघुको पुल नजिक झाडीमा बेवारिसे अवस्थामा कालो झोलाभित्र सुन जस्तो देखिने ४५ थान पहेँलो धातु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
हिजो (सोमबार) बिहान अन्दाजी साढे आठ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखराका सशस्त्र प्रहरी कर्मचारीहरु बाहिरी अभ्यासको क्रममा खटिएको अवस्थामा उक्त वस्तु फेला परेको कास्की प्रहरीले जनाएको छ ।
सुन जस्तो देखिने वस्तु वेवारिसे अवस्थामा भेटिएको सूचनापछि अनुुसन्धानका लागि खटिएको प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि, सुनचाँदी व्यवसायी संघ तथा स्थानीयको रोहबरमा बरामद गरी चेकजाँच गर्न पठाउँदा उक्त वस्तु सुन नभएको पत्र आज सुनजाँदी व्यवसायी संघ कास्कीबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

