निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध पारेको छ ।   आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहनुभएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उहाँको आग्रह छ । तर रास्वपाका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिनुभएको छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।    आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएको उल्लेख गर्दै त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिनुपरेको पनि स्पष्ट पार्नुभयो ।    उहाँले अटोप्राईसमा जाने निगमको निर्णय जनताको पीरमर्का, भावना र आवश्यकता विपरीत रहेकाले आफूले सो निर्णयलाई फिर्ता गरएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले नेपाल आयल निगम स्वतन्त्र निकाय नभएकाले उसले सरकारको निर्देशन अनुसार काम गर्ने पनि बताउनु भयो ।   प्रधानमन्त्रीले भन्नुभयो, ‘आजै बसेको मन्त्रीपरिषद बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश श्री डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री सहकुलबहादुर थापा, पूर्व सहसचिव श्री किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।’’   बैठकमा प्रधानमन्त्री दाहालले सुन तस्करीबारे छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । केहीबेर अघि बसेको मन्त्रीपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वप्रहरीअतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । 

काठमाण्डौ:  सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।  गएको साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो ।   आज हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ ।     प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यदेशमा आफूहरु सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।   सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि यसको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो । आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ ।

चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।    मुल्यवृद्धिको विरोधमा सर्वदलीय बैठक बहिष्कार गरेको रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्।   ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्।   यसबारे थप कार्यक्रम गर्ने पनि उनले बताएका छन्।प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ११ बजे संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

काठमाण्डौ: नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । प्रदेशको नेतृत्वका लागि मतदान हुन लागेको हो ।   सहमतिका लागि हिजो दिनभर प्रयास भए पनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदानको कार्यक्रम छ । एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई र उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।   प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिनुभएको छ । एमाले बाग्मती र लुम्बिनीमा मतदानबाटै नेतृत्व चयन भएको छ ।   अस्ति भएको मतदानबाट बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको थियो ।  त्यस्तै भदौ तेस्रो हप्ता लुम्बिनी प्रदेश कमिटीमा नेतृत्वका लागि मतदान भएकोमा अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको थियो ।

गोरखा:    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुप¥यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा उनले भने ।   नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरुले गत ९२०७९बैशाख० को स्थानीय निर्वाचन, टिकट बितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भईसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’ यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाब दिए । ‘हिजो भएको हाम्रा कमिकमजोरीलाई ‘करेक्सन’ गरेर अघि बढ्ने हो’ उनले भने । प्रत्यक नेता कार्यकर्तालाई आफु भन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै केन्द्रिय सदस्य एवं मुख्यमन्त्री पाण्डेले भने ‘आफु मात्र असल देख्ने हाम्रो प्रवृत्ती खराब छ, हरेकले खराब प्रवृत्ती बदल्यौँ भने को खराब, को असल भनेर अलमलीनु पर्दैन ।’ वडा सभापति देखि केन्द्रिय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांग्रेसको संगठन सुदृढिकरण र बिस्तार हुने बताए । गाउँघरमा हुने बिकास आयोजनामा सहभागीता जनाउने, नेतृत्व गर्ने, जनतासँगको संम्बाद बाक्लो बनाएमा संगठन बिस्तार गर्न सकिने उनले बताए । गाउँमा रहेका मानिस रोजगारीको अभावले बसाईसर्ने गरेको बताउँदै उनले भने ‘गाउँ शहर जता बसेका मानिस भएपनि हामीले उत्पादन र रोजगारीसँग जोड्न सकेनौँ भने बढ्दो क्रममा रहेको बसाईसराईको डरलाग्दो स्थिती रोक्न सकिँदैन ।’ गण्डकी प्रदेश सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाईरहेको र त्यसमा सहभागी हुन उनले अनुरोध समेत गरे । प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट बिनियोजन गरेको बताउँदै उनले यस वर्षको वार्षिक बिकास कार्यक्रममा ३० लाख भन्दा कमका सडक योजना, १० लाख भन्दा कमका सिंचाई, खानेपानीका योजनामा बजेट बिनियोजन नगरिएको बताए । ‘देखिनेगरी बिकास गर्न, सुरु भएका योजना समयमै सम्पन्न गर्न प्राथमिकता र आवश्यकताका आधारमा बजेट बिनियोजन गरिएको छ’ उनले भने ‘भवन निर्माण जस्ता अनुत्पादक क्षेत्रमा नयाँ योजना छुट्याएका छैनौँ, हाम्रो प्राथमिकतामा यो छैन ।’ भोटका लागि स–साना टुक्रे योजना, सामुयिक भन्दापनि व्यक्तिगत योजना धेरै आउने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले मुख्य, मुख्य योजना छिटो गर्ने नीति प्रदेश सरकारको रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, गोरखा १ का सांसद राजेन्द्र बजगाई, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त लगायतले प्रशिक्षणमुलक धारणा राखेका थिए ।  

काठमाडौं:     जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कावा अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने गरी जिम्मेवारी तोकेको सो दलले जनाएको छ । यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ । 

काठमाण्डौ: नेकपा एमाले प्रदेश अधिवेशन अन्तर्गत बाग्मतीमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदैछ भने कोशीको प्रथम अधिवेशन पनि आज उद्घाटन हुँदैछ । बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छान्न अहिले बिहानदेखि मतदान शुरु गर्ने तयारी छ ।   ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदानको तयारी भैरहेको छ । बाग्मती प्रदेशको अध्यक्षका लागि कृष्ण दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ ।   हिजोका लागि तय भएको मतदानलाई रोकेर गरिएको छलफलपछि अध्यक्ष उम्मेदवारहरु केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएको एमाले स्थायी कमिटी सदस्य एवं निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बताउनुभयो ।  असोज ८ गते भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार सम्पन्न भएको थियो ।     यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको चुनावी प्रक्रिया आजदेखि शुरु हुँदैछ । नेताहरुका अनुसार कर्णालीमा गुलाबजङ्ग शाह र गोरखबहादुर बोगटीबिच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ । तर सहमतिका लागि निरन्तर प्रयास भइरहेको छ ।   यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् । तर कोशीको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।    एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ मा जनकपुरमा हुनेछ । प्रथम अधिवेशनका लागि हिजो नारा र लोगो समेत सार्वजनिक गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन असोज २१ र २२ गते हुँदैछ । यसअघि लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । 

काठमाडौँ:  नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ ।   दैलेखको नारायण नगरपालिका–२ मा २०३९ मङ्सिर २८ मा जन्मनुभएकी शर्माले कक्षा ७ मा पढ्दादेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू० को प्रारम्भिक कमिटीबाट राजनीतिक सुरु गर्नुभएको हो  ।   उहाँले दैलेखमा अनेरास्ववियूको कोषाध्यक्ष हुँदै नेपालगञ्जको बाँकेमा २०६० सालमा क्याम्पस पढ्ने क्रममा अनेरास्ववियूको जिल्ला उपाध्यक्ष र अध्यक्ष भएर काम गर्नुभयो । उहाँले २०६२र०६३ सालको आन्दोलनमा अनेरास्ववियूको नेतृत्व गर्नुभएको थियो ।   यसपछि, अनेरास्ववियूको तीन पटक केन्द्रीय सदस्य, महिला विभाग प्रमुख भएर जिम्मेवारी उहाँले पूरा गर्नुभएको थियो । उहाँले अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० केन्द्रीय युवा कमिटीको प्रमुख भएर काम गर्नुभयो । बाँकेको पार्टी जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै एमालेको दशौँबाट पार्टी केन्द्रीय कमिटी सदस्य र हाल बाँके निर्वाचन क्षेत्र २ को प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ मुस्लिम, मधेसी समुदायको बाहुल्यता रहेको बाँके उपमहानगरपालिका वडा १ मा बस्नुुहुन्छ ।   “प्रतिनिधिसभा सदस्यको मूल जिम्मेवारी कानुन बनाउने र जनतालाई त्यसका माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने हो तर नेपालमा आफूले निर्वाचन क्षेत्रबाट जितेको ठाउँमा विकास निर्माणका काममा बढी ध्यान दिने नेपालको अभ्यास छ, यो गलत अभ्यास हो ।” उहाँले आफ्नो निर्वाचन क्षेत्रमा जाने महत्वपूर्ण कानुन बनाउने विधेयकको छलफलमा उपस्थित नहुनेजस्तो समस्या देखिएको उहाँको ठम्याइ छ । जुन मुख्य जिम्मेवारीबाट ओझेलमा परिने गलत अभ्यास उहाँको बुझाइ छ ।   सांसद शर्मा तीन वटा विषयगत समिति शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा क्रियाशील हुनुहुन्छ । संसदमा शिक्षासम्बन्धी विधेयक संसद्मा दर्ता प्रसङ्गमा कुरा गर्दै थप्नुभयो, “स्वास्थ्यका कानुन बनाउनुपर्ने, चिकित्सा आयोगसम्बन्धी कानुन बनाउनुपर्ने छ, दैनिक डाक्टर कुटिएको अवस्था छ, त्यसले गर्दा विधायक कानुन बनाउने कुरालाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।”   सांसदले गत पुस ७ गते विधायकको रुपमा शपथ लिएर काममा लागेको भए पनि योबीचमा आकस्मिक रुपमा एउटा मिटरब्याजीसम्बन्धी मात्रै कानुन निर्माण भएको छ । तर अरु महत्वपूर्ण कानुन पनि संसदबाट निर्माण हुन सकेको छैन । यस विषयमा विधायक मात्र दोषी नभएको सांसद शर्माको धारणा छ । “सरकारले संसदमा कानुन बनाउनका लागि विजनेस नै दिएको छैन, कानुन नबन्नमा सांसद र संसद् दोषी छैन”, उहाँले भन्नुभयो, “यतिका लामो समयसम्म समितिका सभापति नै आएनन्, बल्ल विषयगत समितिले सभापति पाएको छ, अब कानुन बनाउने कुरामा ध्यान दिनु जरुरी छ ।”  संसदले राष्ट्रपति र उपराष्ट्रपति, सभामुखको चुनाव गराउन मात्र सफल भएको तर महत्वपूर्ण कानुन बनाउनुपर्ने कुरामा सरकारले नै ध्यान नदिएको उहाँको आरोप छ ।   संंसद् जनताको आवाजको थलो पनि भएको हुँदा संसद्ले सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण काम हो भन्ने सांसद शर्माको ठहर छ । “सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ, जनताको आवाज बोलेको शून्य सयम, विशेष समयमा उठाएको समस्याको विषयमा सरकारले ध्यान दिन जरुरी हुन्छ”, सांसद शर्माले जोड्नुभयो, “सांसदले प्रश्न उठाइरहने तर सरकारले ध्यान नदिनेजस्तो देखिएको छ, त्यस्तो हुनुहुँदैन, संसद् ताली पडकाउने स्थान मात्र होइन, जनताको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने स्थान हो ।” उहाँलाई शून्य र विशेष समयमा सरकारले उठाएको प्रश्नमा सरकार गम्भीर नभएको भन्ने लाग्छ । मूल कामभन्दा पनि बेलाबेलामा संसद् अवरुद्ध भइरहने गर्दा पनि कानुन बनाउनेजस्तो काममा ढिलाइ भइरहेको विषयमा सांसद शर्माले थप्नुभयो, “राष्ट्र, राष्ट्रियता र सीमाको संरक्षण गर्नु, त्यो देश र नागरिककै हितका लागि कहिलेकाहीँ सुनुवाइ भएन भने संसद् अवरुद्ध पनि गर्नुपर्ने हुन्छ, प्रतिपक्षको धर्म नै हो ।”   सांसद भएपछि आफ्नो मर्यादाको ख्याल राख्नुपर्ने कुरामा उहाँको जोड छ । “सांसद भनेको जनताको विशेष प्रतिनिधि हो, बोल्ने शब्द मर्यादित र शालिन हुनुपर्छ, पोशाक पनि मर्यादित लगाउनुपर्छ”, उहाँले थप्नुभयो, “अनुशासनको पालना गर्नुपर्छ, पद र संसद्को गरिमा जोगाउनुपर्छ, यदि कमीकमजोरी भएको छ भने सच्याउनुपर्छ ।”     संसद् विकास कोषबाट रकम लिने विषय उचित नभएको सांसद शर्माको धारणा छ । “नेपालको अभ्यासमा सांसद विकास कोषबाट पैसा लिएर धारा, कुलो, बाटो, भवन बनाउने अनि, मैले विकास गरे नि भन्ने चलन छ, यस्ले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुन सक्दैन, विधिको शासन कायम गर्न कानुन बनाउने कुरालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।”   उहाँलाई कानुन बनाएरै राज्यको संरचनालाई बलियो बनाउनुपर्ने र बनाएका कानुनको पनि कार्यान्वयन भए वा नभएको विषयमा ध्यान दिन जरुरी हुन्छ भन्ने लाग्छ । राष्ट्रको हितका लागि गरिएका राष्ट्रिय गौरवका आयोजना निर्माण, नेपालमा उद्योगधन्दा खोल्ने, स्वदेशमा रोजगारीको वातावरण बनाउने विषयमा भने सांसदमा छलफल गर्न उचित हुने र मुख्यरुपमा कानुन बनाउनुपर्ने कुरामा नै विधायकको भूमिका खेल्नुपर्ने उहाँको बुझाइ छ । रासस