तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लाग...

कास्की:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर सार्वजनिक राजनीतिमा आएदेखि बाराम्बार प्रयास गरेको उल्लेख गरेका छन् ।  जनयुद्धपछि सार्वजनिक राजनीतिमा आएदेखि नै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ भन्ने लागेर सम्बन्धित निकायसँग सम्वाद थालेको प्रम प्रचण्डको भनाई छ ।    पोखरामा आज विमानस्थलको औपचारिक उद्घाटन गर्ने क्रममा सभालाई सम्बोधन गर्दै प्रचण्डले विमानस्थल बनाउने विषयमा आफुले गरेको प्रयास सुनाए । ‘यहाँ (पोखरा) विमानस्थल बनाउन मैले पटकपटक चिनियाँ दूतावास र   चीन सरकारसँग कुरा गरेको छु’ प्रचण्डले भने ‘चीन भ्रमणमा जाँदा पनि मेरो मुख्य एजेण्डामध्ये पोखरामा विमानस्थल निर्माण पनि थियो ।’   चीन भ्रमणकाक्रममा राष्ट्रपति हु जिन्ताओ सी जिनपिङ्सँग पोखरामा विमानस्थल निर्माणमा कुरा गरेको प्रचण्डको दाबी छ ।    उनले आजको दिनमा आफ्नो, पोखरेली र देशवासीकै सपना पुरा भएको जनाए । ‘म प्रधानमन्त्री भएको सातादिनमै मैले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरे’ प्रचण्डले थपे ‘झन् म यही क्षेत्रबाट निर्वाचन जितेर प्रधानमन्त्री भएको छु, सबैलाई धन्यवाद ।’

काठमाडौं:  लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।

काठमाडौं:  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उहाँले संस्कृति र प्रकृतिको धनी नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताउनुभएको हो । बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उहाँको भनाइ छ । उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताउनुभयो । कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उहाँको भनाइ थियो । उहाँले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा ९एमाले०का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।

काठमाडौं:  काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्‍यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए । काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए । काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए । अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १–१ विकेट लिए ।

काठमाडौं:   नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ(जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबाइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो । टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्‍याएपनि केही प्राविधिक विषयका कारण फाइभ-जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । ‘हामीले परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा भेटियो,’ उनले भने,’त्यसका कारण पनि हामीले परीक्षण केही पछि लगेका हौं ।’ टेलिकमले १ जनवरीबाट फाइभ-जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर फाइभ-जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ । सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइ-जी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो । फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।

पोखरा:  नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो । चुमान यस अघि ०७४ मा पनि संसदीय दलको नेता थिए । यति वेला पृथ्वीसुब्बा नेतृत्वको सरकारमा चुमान आन्तरिक तथा कानुनमन्त्री भए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँ १(२) बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको हो । दलको नेता बेनेसँगै एमाले–माओवादीको सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियो दाबेदार बनेका हुन् । यो सँगै सत्ता गठबन्धनबाट गण्डकीमा एमालेका खगराज अधिकारी र माओवादीबाट चुमान मध्ये एक मुख्यमन्त्री हुने निश्चित भएको हो ।

 काठमाडौं:   पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।  सो प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो लागेको अवस्था रहेको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री र अधिकमत तापक्रम १५.५ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम ०.१ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४.२ डिग्री सेल्सियस छ।

काठमाडौं:   साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुर्खेत:  शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन (मर्ज) गरिएका छन्। स्थानीय तहले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालयहरू गाभेका हुन्।  सुर्खेतको सिम्ता गाउँपालिकाले १७ वटा सामुदायिक विद्यालय गाभेर आठवटा कायम गरेको छ। विद्यार्थी–शिक्षकको अनुपात नमिलेका विद्यालयहरू समायोजन गरिएको पालिकाले जनाएको छ।  विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा गाभिएको हो। विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालय समायोजन गरिएको पालिकाले जनाएको छ।  लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालयहरूलाई गाउँपालिकाले शिक्षा कार्यविधि बनाएर मर्जको प्रक्रिया अगाडि बढाएको थियो।  गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले सोही कार्यविधिलाई आधार मानेर आर्थिक वर्ष २०७५र७६ देखि विद्यालय समायोजन थालिएको जानकारी दिनुभयो। विद्यालय समायोजन अभियानअन्तर्गत सिम्ताको वडा नं. ५ मा रहेको भैरव प्राथमिक विद्यालय बजेडाआलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडाआलीमा मर्ज गरिएको छ। यस्तै वडा नं.४ मा रहेको कोइली प्राथमिक विद्यालयलाई सिद्ध प्राथमिक विद्यालयमा गाभिएकोमा फेरि सिद्ध प्राथमिक विद्यालयलाई पनि भानु माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। वडा नं.४ मै रहेको दुर्गा आधारभूत विद्यालय भोटमुग्रालाई वागेश्वरी प्राथमिक विद्यालय सिमलगाउँमा मर्ज गरिएको छ। पालिकाको वडा नं.१ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गैरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घोरेटामा गाभिएको छ।  शिक्षा शाखा प्रमुख गौतमले वडा नं.८ मा रहेको प्राथमिक विद्यालय कोलडाँडालाई नेरा माध्यमिक विद्यालय खेल्नेचौरमा मर्ज गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ३ को शिखर प्राथमिक विद्यालय आग्रीगाउँलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लापुमा गाभिएको छ।  वडा नं. १ मा रहेको लालीगुराँस प्राथमिक विद्यालयलाई गान्द्रास्थित भगवती माध्यमिक विद्यालयमा समायोजन गरिएको छ। पालिकाका शिक्षा शाखा प्रमुख गौतम भन्नुहुन्छ, “विद्यार्थीको सङ्ख्या हेरेर विद्यालय गाभ्ने अभियान थालेका छौँ, जसअन्तर्गत थुप्रै विद्यालय मर्ज भइसकेका छन्। उहाँले अझै तीनरचारवटा विद्यालय गाभ्नुपर्ने देखिएको बताउनुभयो। सिम्ता गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरूमा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने प्रावधान बनाइएको छ। अहिले पनि शिक्षक र विद्यार्थीको अनुपात नमिलेका थुप्रै विद्यालय सञ्चालनमा छन्।   शिक्षक विद्यार्थी अनुपात, शिक्षक दरबन्दी र एक विद्यालयदेखि अर्कोसम्मको दूरीलाई आधार मानी विद्यालय समायोजनको अभियान चलिरहेको छ। गाउँपालिका क्षेत्रभित्रका दुर्गम ठाउँका विद्यालयलाई भने एक वर्षभित्र विद्यार्थी सङ्ख्या बढाउने मौका दिएको छ। यो वर्ष थप चारवटा विद्यालय मर्ज गर्ने तयारी पालिकाको छ। जिल्लाका नौवटै पालिकामा केही वर्षयता धमाधम विद्यालय मर्ज गर्न थालिएको छ। सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको वर्षौं बिते पनि सङ्घीयता कार्यान्वयनमा आएसँगै यसले गति लिएको हो। माध्यमिक तहसम्मको शिक्षा हेर्ने क्षेत्राधिकार स्थानीय तहलाई दिइएको छ।