लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् ।   असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो ।   त...

नवलपुर:     नवलपुरमा डेंगुको सङ्क्रमण उच्च जोखिममा रहेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा ३६६ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको जनाएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आगामी दुई महिना थप सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको छ । डेंगुको जोखिमपूर्ण जिल्लाहरूमध्ये गण्डकी प्रदेशको नवलपुर पनि एक हो । यहाँ अहिले नै डेंगु सङ्क्रमण बढिसकेको नभए पनि जोखिम भने बढ्दो छ । भर्खरै मनसुन सक्रिय भएकाले लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय बल्ल सुरु भएको मध्य विन्दु जिल्ला अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले बताउनुभयो ।  डा कँडेलले भन्नुभयो, ‘‘निरन्तरको वर्षा र पानीले सङ्क्रमण बढ्ने जोखिम छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज ए जिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।’’ जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख डा। केशवप्रसाद चापागाईँका अनुसार नवलपुरमा सबैभन्दा बढी असोज र कात्तिक महिनामा डेंगुका बिरामी देखिएका छन् । आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि फागुनमा एक सय ५६ जना महिला र २ सय १० पुरुष गरी ३ सय ६६ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । जसमध्ये असोजमा एक सय ५ जना र कात्तिकमा एक सय ११ जना रहेका कार्यालय  प्रमुख डा। चापागाईँले जानकारी दिनुभयो । गत आवमा नवलपुरमा डेंगुबाट १ जनाको मृत्यु भएको छ भने एक जना अहिले अस्पतालमा उपचाररत छन् । मेसु डा। कँडेलका अनुसार बर्खा लागेकाले देशभर डेंगुको सङ्क्रमण बल्ल सुरु भएकाले सतर्क हुन जरुरी छ । ‘मनसुन सकिने बेलासम्म सङ्क्रमण बढ्दै जान्छ, डा। कँडेलले भन्नुभयो, यो समयमा लामखुट्टेको लार्भा नियन्त्रण गर्न नसक्ने हो भने नियन्त्रण गर्न नसक्ने गरी यसले महामारीको रूप लिन सक्छ, त्यसैले आम नागरिक आफै सतर्क भएर सरसफाइमा ध्यान दिन जरुरी छ ।’  डेंगुको जोखिम कम गर्नका लागि प्रयास गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका प्रमुख डा कँडेलले भन्नुभयो, ‘जनचेतना जगाउने, लामखुट्टेका वासस्थान खोजेर नष्ट गर्ने काम भइरहेको छ, स्थिति थप भयावह बन्दै गएमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर औषधि छर्किने काम गर्छौ ।’

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र वहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिनु भएको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंङगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको आज पोखरामा उद्घाटन गर्दै उहाँले आयआर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताउनुभयो ।  “वन क्षेत्रको काठ कुहिएर खेर जाने र विदेशबाट खरवौ रुपैयाको काठ आयात हुने अवस्थाको अन्त्य गरिनु अपरिहार्य छ” मन्त्री थापाले भन्नुभयो, “वनको संरक्षण र उपयोग गर्ने खालको प्रदेश वन ऐन छिट्टै आउने तयारी भई रहेको छ ।” जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै अनुकुलनतर्प लाग्ने खालका योजना अघि बढाउदै समाजका विपन्न एवम् सिमाकृत वर्गको उत्थानका लागि सामाजिक संघसंस्थाको ध्यान जानुपर्नेमा उहाँको जोड थियो । जथाभावि निर्माण गरिने भौतिक पूर्वाधारको कारण पानीलाई असर पार्ने, तालतलैया एवम् सिमसार क्षेत्रसंगै वातावरणमा समेत प्रभाव परेको उल्लेख गर्देै मन्त्री थापाले भन्नुभयो, वातावरणको संरक्षण र लच्छित वर्गको जिविकोपार्जनमा सहयोग पुगेमात्र परियोजना सफल हुने विश्वास व्यक्त गनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ताल, हिमाल, जग्गल र जमिन प्राणवायु भएको वताउँदै यसको संरक्षणका लागि सवैको साथ र सहयोग रहने बताउनुभयो । पोखरा वनाउने सवैको दायित्व भएको उल्लेख गर्दै उहाँले अव्यवस्थितरुपमा हुने विकास निर्माणले जोखिम बढाउनुको साथै वातावणमा समेत प्रभाव पर्ने हुँदा त्यसका लागि समयमै सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जनताको जनजिविकालाई सहज वनाउँदै वातावरण, तालतलैयाको संरक्षण एवम् अपराध गतिविधिको न्यूनिकरणमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । युएसएआइडी जल जंगल कार्यक्रमका प्रमुख क्यारि फार्लेले सन्ततिको भविष्य निर्माणका लागि वातावरणको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत चितवन अन्नपूर्ण, तराई आर्क, कर्णाली संरक्षण तथा कैलाश पवित्र भू—परिधिमा काम गर्ने जानकारी दिनुभयो ।  विस लाख हेक्टर जैविक दृष्टिले महत्वपूर्ण क्षेत्र सुधार गर्दै त्यस क्षेत्रका वासिन्दाको आयआर्जन, सुधारिएको जलश्रोतबाट लाभ, तालिम, जलवायु सम्वन्धि जानकारी र ३०० निजी क्षेत्रका उद्यमहरुले दिगो अभ्यास वा सुरक्षा उपायहरु एकीकृत गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव मनमाया पगेनी भट्टराईले जलवायु परिवर्तनको कारण तराईमा अत्याधिक गर्मी, पहाडमा पहिरोजाने, हिमालमा हिउ नहुने अवस्था सिर्जना भएको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव धनेन्द्र बहादुर खनाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणकोषका उपनिर्देशक अजय कार्की,परियोजना उपप्रमुख दिवेश ज्योति,डा. बाबुराम लामिछाने, लगायतले जलवायु परिवर्तनले पारेका असर र न्यूनिकरणका उपाएका बारेमा चर्चा गर्नुभएको थियो ।    

पोखरा:  पोखरामा एक युवती बेपत्ता भएकी छिन् ।   कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा पोखरा महानगपालिका २७ डाँडाकोनाकका १३ वर्षीया निरुता थापा रहेकी छिन् ।   उनी गत महिनाको २२ गतेदेखि बेपत्ता रहेको कास्की प्रहरीले बताएको छ ।   प्रहरीका अनुसार घरमा कसैलाई नसोधी हिडेकी थिइन् । दुईहप्ता हुदाँ बितिसक्दासमेत सम्पर्कमा नआएपछि कास्की प्रहरीलाई खोजिदिन भन्दै निरुताको परिवारले गुहारेको छ ।   कास्की प्रहरीले पनि सामाजिक सञ्जालमा सूचना जारी गर्दै आम नागरिकलाई खोजतलासमा सघाउ पुर्याउन आग्रह गरेको छ ।     

गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।   गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्।   यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए।   प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, धादिङ र गोरखाका संघीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्।   कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।   काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए। प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ।   सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ। घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।   आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आएका थिए। चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ ।   प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने उल्लेख गर्नुभएको छ । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् ।   सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ ।   आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ । केही दिन पहिले राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्वाधार करमार्फत उठेको रकम मुआब्जा वितरण लगायतका काममा खर्च भएको जानकारी गराएका थिए।   सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइलाई नै कम्पनीमा रुपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा जगत श्रेष्ठलाई नियुक्त गरेको थियो।

काठमाडौं:   बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउने उद्देश्य रहेकाे ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।   गायिका देविका बन्दनाको स्वरको उक्त गीतमा डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाको शब्द सृजना रहेको छ । यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ भने राजन ईशानसंगीत संयोजक हुन् ।       गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रविण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।

पोखरा:  कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।   कास्कीको पोखरा लगायतका स्थानमा बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको मिर्सालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।   भूकम्पको धक्का महसुस भएपछि पोखराबासीहरु घर बाहिरसमेत निस्केका थिए ।

गोरखा:   गोरखाको शहीद लखन गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का केही किसानले घरमै अरिङ्गाल पाल्न थालेका छन् ।   अरिङ्गालका लार्भा बेचेर दैनिकी गुजार्न सघाउ पुग्ने र आय आर्जनको वैकल्पिक स्रोत हुने भन्दै व्यवसायिक रुपमा अरिङ्गाल पालन गर्दै आएका हुन् ।   यद्यपी यो व्यवसाय गर्न चुनौती रहेको शहीद लखन– ६ घैरुङका विनोद थापामगरले बताए ।   उनले विगत १५ वर्षदेखि अरिङ्गाल पाल्ने र त्यसको लार्भा बेचेर आम्दानी गर्दै आएको सुनाए । ‘अरिङ्गाल पाल्ने भनेर मौरीजस्तै गरी पाल्ने त होइन, जङ्गलमा अरिङ्गालले बनाएको गोलालाई घर छेउमा लगेर राख्ने अनि हुर्केपछि बेच्ने हो ।’    उनका अनुसार शरीरलाई तागत दिन्छ भनेर अरिङ्गालको लार्भा तारेर खानेहरूको सँख्या बढ्दै गएको छ ।   उनले आँगन छेउका रुख र टौवामा डेढ महिनादेखि अरिङ्गालको ११ वटा गोला हुर्काइरहेका छन् ।   आउँदो असोजसम्ममा उक्त अरिङ्गालले व्यापार गर्न योग्य लार्भा तयार गर्छ । त्यसपछि विक्री गर्ने योजना रहेको थापामगरले बताए ।   उनका अनुसार अरिङ्गालको बच्चा अर्थात् लार्भालाई प्रतिमाना  १५ सयदेखि २ हजार रुपैयाँसम्ममा विक्री हुन्छ । ‘एउटा गोलाबाट दुई पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उनले भने ।   थापामगरले  जंगलमा पाइने अरिङ्गालको गोलालाई घर छेउमा सार्न त्यति सहज नहुने बताए ।  यो खबर उज्यालो अनलाइनमा किरण लोहनीले लेखेका छन् ।

झापा: झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।   नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बिक्री गरे ५० हजार रुपैयाँसम्म जरिबाना गराइने नगरपालिकाले जनाएको छ ।    नगरसभाबाटै यस्तो निर्णय गरिएको मेयर राजेन्द्रकुमार पोखरेलले बताउनु भयो । ुमानव स्वास्थ्य र वातावरणीय हिसाबले धेरै हानिकारक देखिएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्ने गरी काम थालेका हौँ, उहाँले भन्नुभयो, भोलिदेखि निर्णय कार्यान्वयनको चरणमा जान्छ, सबैलाई नगरपालिकाको निर्णय मान्न आग्रह गर्दछु ।    नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा आफूहरु लागेको उहाँले बताउनु भयो । चुरोट, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थका कारण नगर कुरुप बनेको पोखरेलले बताउनु भयो । ुबाटोमा यत्रतत्र गुट्खाको खोल देखिन्छु, उहाँले भन्नुभयो, ुयसले नगरको सुन्दरतामा असर पर्नुका साथै फोहर व्यवस्थापनसमेत चुनौती थपिएको छ ।   कसैले अटेर वा बेवास्ता गरे नगरको ऐनबमोजिम बिक्रीवितरणकर्तालाई अधिकतम ५० हजार रुपैयाँ जरिबाना गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।   यस्तै, प्रयोगकर्ताको हकमा भने अधिकतम पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ । सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने विषयमा नगरका राजनीतिक दलले साथ दिएका छन् ।