एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडाैं | असोज ३१, २०८२

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं:  नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । 


यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्नु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका छन्  । 

 

आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरू रहेका छन् ।


 स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख गौतमले बताए। सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।

 
अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिने छन् । यस्तै आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आं...

थप पढ्नुहोस्

कास्की:  गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असो...

थप पढ्नुहोस्

पोखरा:  पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज&rsq...

थप पढ्नुहोस्