फलोअप: छिमेकी थिए 'ग्याङ फाइट' गर्ने युवतीहरु
पिकनिकमा निगार खाएको खुलासा
सुनसरी | साउन ८, २०८०

सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका– १० स्थित सप्तकोशी नदी किनारमा गत २९ गते शुक्रबार युवतीहरूबीच भएको ‘ग्याङ फाइट’को भिडियो भाइरल बन्यो ।
त्यसपछि कुटपिटमा संलग्न पाँचै जनालाई सुनसरी प्रहरीले अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यसैबीच ग्याङ फाइट गर्ने उनीहरु छिमेकी रहेको र पिकनिकको बेला मादक पदार्थ (निगार) सेवन गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी प्रभु ढकालका अनुसार सोही समयमा ब्याइफ्रेण्डको विषयलाई लिएर एक समूहले अर्काे समूहलाई कुटेको प्रहरीको अनुसन्धान बाट खुलेको हो ।
‘८ जना नै छिमेकी रहेछन्, मिलेर पिकनिक खान आएको देखियो,’ एसपी ढकालले भने, ‘पिकनिक खाइसकेपछि झगडा हुँदा ५ जनाले ३ जनालाई कुटेका रहेछन् ।’
त्यसपछि सुनसरी प्रहरीले पाँचै जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– १० भुजेल टोलकी १९ वर्षिया प्रीति लिम्बू, बराहक्षेत्र– ८ सैनिक टोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षिया विनिता उराव, बराहक्षेत्र– ९ की १९ वर्षीया सञ्जिता राई र निहाङ राई छन् ।
ति पाँच जनाको कुटाइ खाएका अर्काे समुहको तीन जनाले घटना गुपचुप राखेको एसपी ढकालले बताए ।
‘ग्याङ फाइटपछि सबै मिलेर घर गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ ढकालले भने, ‘एक स्थानीयले भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि परिवारका सदस्यले थाहा पाएर जाहेरी परेको हो ।’
पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...