मिस्टर नेपाल-२०२३ बने पाइलट उपाधि कार्की

काठमाडाैं | साउन ८, २०८०

मिस्टर नेपाल-२०२३ बने पाइलट उपाधि कार्की

काठमाडौं:    विराटनगरका पाइलट समर्पण कार्की मिस्टर नेपाल-२०२३ बनेका छन्।

 

शनिबार भएको एक कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन्। उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिएका थिए।

 

युवाको प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित प्रतियोगीतामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे।

 

प्रतियोगीतामा उनले नगद ५ लाख बराबरको उपहारसहित 'मिस्टर वर्ल्ड २०२३' वा 'मिस्टर ग्लोबल २०२३' मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्। समर्पण पेशाले पाइलट हुन्। 

 

प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फर्स्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए।

 

 

अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगीतामा मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेम कुमार यादव, बेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात पारे।

 

यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो।

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

थप पढ्नुहोस्