सुरु भयो धर्मकर्मको महिना (फोटो कथा)

पाेखरा | साउन १, २०८०

सुरु भयो धर्मकर्मको महिना (फोटो कथा)

पोखरा:  हिन्दू धर्मशास्त्र अनुसार साउनलाई धर्मकर्मको महिना मानिन्छ । जुन शिवजीको महिना भनेर मानिने साउन महिना आजदेखि सुरु भएको छ ।

 

साउनको सूरु दिनमै सोमबार परेकाले आजको दिनलाई विशेष पुजाआरधना गरी मनाइदैछ ।  र यो महिनाभर शिवको पूजा गर्ने र ब्रत बस्ने गरिन्छ । यो समयमा शिवजीको पुजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहदै आएको छ  । 

 

 

 

 

त्यसैले यो महिनाको सोमबार ब्रत बसेको खण्डमा परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ ।

 

पार्वतीले साउन महिनाभरी निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती रहेको हुनाले महिलाहरूले यस महिना र सोमबारलाई बढी महत्व दिन्छन् ।

 

साउन सुरु भएसँगै पोखरा महानगरपालिका १ बगरस्थित गाईघाटको माहोललाई सुनगाभा न्यूजको लेन्सबाट कैद गरेका छौं । 
 

तस्बिरहरु: 
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन ।  जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

थप पढ्नुहोस्